नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको अधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए ।अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देव बहा