कांग्रेसका पौडेल पक्षधरको भेला आज हुँदै, डडेलधुरा वडा अधिवेशन अस्वीकार गर्ने तयारी

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेला आज हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने भेलामा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरू उपस्थित हुने छन्  । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको छ । पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँडमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटी निर्णयका विष...