रसुवागढी नाकाबाट सामग्री आयात निर्यात रोकियो

रसुवा - रसुवागढी नाकाबाट हिजाेदेखि सामग्री आयात निर्यात रोकिएको छ । चिनियाँ नयाँ वर्षको कारण सामग्री आउने क्रम रोकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनमा आज नयाँ वर्ष परेकाले हिजाेदेखि एक हप्तासम्मका लागि सामान आयात नहुने कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो ।  केरुङमा रहेका कर्मचारी घर गएका कारण सामग्री आयात निर्यात रोकिएको हो । ल्होसारको समयमा हरेक वर्ष नाकाबाट आयात निर्यात रोकिने गरेको छ । चिनियाँ भन्सार कार्यालयले आइतवारसम्म गाडीमा सिल लगाएको थियो । अब करिब ७ द...

सम्बन्धित सामग्री

नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका

काठमाडौं। नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु भएको छ। कोरोना महामारीलाई देखाएर लामो सयमदेखि बन्द रहेको नाका बुधबरबाट दुईतर्फी सूचारु भएको हो। झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको हो। भन्सार विभागका अनुसार तातोपानी नाकाबाट समेत वस्तु निर्यात गर्ने तयारी छ। २०७६ माघ १४ गते चीनले स्थालमार्गबाट वस्तु आयात निर्यात बन्द गरेको थियो।

राजस्व सङ्कलन १० प्रतिशतले बढ्याे

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको हो ।  रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले साउनदेखि चैतसम्ममा पाँच अर्ब १३ करोड १७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ सङ्कलन गरेको छ । पछिल्लो समय चिनियाँ पक्ष...

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू

धुन्चे । ल्होछार पर्वका कारण बन्द   नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा  कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका

रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू

नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा  कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।     रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पु¥याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोशाकजस्...

रसुवागढीबाट १३ महिनादेखि आयात–निर्यात ठप्प

चिनियाँ ल्होसार पर्वका कारण रसुवागढी नाकाबाट ठप्प भएको आयात अझै सुरु हुन सकेको छैन । माघ २९ देखि आयात ठप्प छ । त्यसअघि नाकाबाट दैनिक पाँच कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको थियो ।

ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।

रसुवागढी नाकाबाट शुक्रबारदेखि आयात सुरु

रसुवागढी नाकाबाट शुक्रबारदेखि आयात सुरु भएको छ। रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि नाकामा आयात निर्यात रोकिएको थियो। पहिरो पन्छाउने काम सकिएसँगै शुक्रबार केरुङबाट सामग्री लिएर नाकासम्म आएका थिए।

रसुवागढी नाकाबाट १५ दिन आयात–निर्यात नहुने

नेपाल र चीनबीच सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात–निर्यात ठप्प भएको छ ।