मुआब्जा दिन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितको माग

बिर्तामोड– पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितले काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग बनाउने भन्दै रोक्का राखेको जग्गाको मुआब्जा तत्काल वितरण गर्न सरकारसँग माग गरेका छन् । संवाद समूह झापाले कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजना गरेको काँकरभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको बैठकमा उनीहरूले यस्तो माग गरेका हुन् । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र सुनसरी जिल्लाका करिब पाँच […]