कसरी बनाउने भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा ?

जुजु धौ अर्थात् दहीको राजा भनेर चिनेको भक्तपुरको दहीमा अन्य स्थानभन्दा फरक स्वाद र मिठास छ । सबैको मुखमा यो ब्रान्ड झुण्डिएको छ ।  पूजाआजा या कुनै चाडपर्वमा पनि जुजु धौ नै सम्झेका हुन्छन् राजधानीवासी । जुजु धौको लोकप्रियता बढ्दै गएपछि धेरै अन्य ब्रान्डले पनि जुजु धौ नाम राखेर बेच्न थालेका हुन् ।  चलेको ब्रान्ड भएका कारण धेरैले यसो गर्न थालेका छन् । जुजु धौलाई नेपाली आइसक्रिम भनेर पनि चिनिन्छ । नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ । दहीहरूको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्ल राजा...

सम्बन्धित सामग्री

जुजु धौ : माग धान्नै धौ धौ

भक्तपुर । मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महीना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभूति हुने बेला हो असार । यही असारको मध्य अर्थात् असार १५ रोपाइँ गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाइँ महोत्सव मनाउने दिन पनि हो । सरकारले राष्ट्रिय ‘धान दिवस’को रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परासमेत रहेको नेपालमा रोपाइँलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाइँमा बाजागाजासहित गीत गाउने रोपाइँ सकेपछि भोज गर्ने प्रचलनसमेत रहेको छ । गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाइँलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानले समेत रोपाइँलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाइ छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ । असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुर दहीको उपत्यका मात्र नभएर मुलुक बाहिरसमेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौको स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ । असार १५ कै लागि साविकको तुलनामा चार गुणा बढी जुजु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् । भक्तपुर नगरपालिका–२ ब्यासीस्थित आर.एस.जुजु धौ सप्लार्यसका रिना सुवालले असार १५ का लागि कम्तीमा पनि सात हजार लिटरको दही उत्पादन गरेको बताइन् । उनले अन्य दिन बढीमा दुई हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आएको सुनाइन् ।  भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित श्री बाराही जुजु धौ भण्डारका व्यवसायी राधेश्याम कर्माचार्यले असार १५ का लागि तीन दिन अघिदेखी जुजु धौ तयारी गरिरहेको बताए । असार १५ का लागि एक साता अघिदेखि जुजु धौको अर्डर आउने गरेको बताउँदै एक साता अघिदेखि दूध सङ्कलन र आवश्यक भाँडाको जोहो गर्ने चटारो पर्ने गरेको बताए । उनका अनुसार जुजु धौका लागि कम्तीमा ५/६ प्रतिशत फ्याट भएको दूध आवश्यक हुन्छ तर बजारमा त्यति गुणस्तरको दूध पाउन मुस्किल हुने गर्दछ ।  भक्तपुरमा जुजु धौ व्यवसायी करिव डेढ सयका हाराहारीमा छन् । ती व्यवसायीले औसतमा दैनिक २५/३० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ मा जुजु धौको माग उच्च हुने गरेकाले कम्तीमा एक लाख लिटर दूध आवश्यक पर्ने भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैंजुले बताए । जुजु धौ व्यवसायीले पहिले पहिले भक्तपुरका ग्रामीण भेग र आसपासका काठ क्षेत्रबाट दूध सङ्कलन गरी दही उत्पादन गर्दै आएका थिए । पछिल्लो सयम बढ्दो सहरीकरणले भैँसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले धुलिखेल, कुशादेवी, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको सैंजुले जानकारी दिए । जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउनेभन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराइमा उमाल्नु पर्दछ । दूध उमाल्दा एक क्यान बराबर चार केजी चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटौरामा पहिले कटौराको आधा भाग मात्र दुध राख्नु पर्दछ । उक्त दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूध भरी हालेर धौ पुसा (दहीको बीउ/जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटौरामाथि अर्को कटौराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।  परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकाले छिटो जमाउनका लागि व्यवसायीहरुले पछिल्लो समय आधुनिक प्रविधि अँगाल्न थालेका छन् । पहिला जस्तै दाउरा नभएर ग्यासमा दूध उमालेर बट्टा वा कटौरामा राखेपछि ४० डिग्री तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिएको आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले बताइन् ।  जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटौराको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ । भक्तपुरको दहीले मल्लकालीन समयदेखि जुजु धौ अर्थात् राजा दहीको उपमा पाएको संस्कृतिविदहरु बताउँछन् । जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होइन विदेशी पर्यटकले समेत जुजु धौको स्वाद लिएर मात्र फर्कने गर्दछन् । जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटौरो हो । असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वको रुपमा विकास भइसकेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दही चिउरा खाने चलन लिपिबद्ध गरेको इतिहास नभएको बताए । उनले असारमा माना रोपेर मुरी फलाउने महीना भएकाले यस महीनाको आधासम्ममा रोपाइँ सकिएको सन्देश मुलुकभर फैलाउन दही चिउरा खाने पर्वको रुपमा विकास भएको बताए । अर्को कुरा शरीरको पूरै बल यो रोपाइँको समयमा खर्चिने हुँदा त्यसको परिपूर्तिका लागि पनि दही चिउरा खाने परम्परा थालेको बताए । रासस

कसरी बन्छ जुजु धौ दही ? (भिडियोसहित)

९ असार, काठमाडौं । असार १५ नजिकिएसँंगै भक्तपुरमा जुजु धौ दही बनाउनेहरुलाई भ्याईनभ्याई छ । असार १५ मा दहीको माग धेरै हुने भएकोले दही बनाउने चटारो भएको हो । यस दिन दही–चिउरा खाने प्रचलन छ । सैंजू जुजु धौ पसलका संचालक तथा भक्तपुर जुजु धौ एशोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजूले असार १५ को लागि दही बनाउन […]

भक्तपुरको नीति : जुजु धौ, ताइचिन चिउरा र भादगाउँले टोपी प्रवर्द्धन

६ असार, काठमाडौं । भक्तपुर नगरपालिकाले पर्यटन, संस्कृति, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीयस्तरमा उत्पादन हुने परिकार प्रवर्द्धनदेखि शिक्षा क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसम्म रहेको छ । ‘घरेलु उत्पादनहरू जुजु धौ, ताइचिन च्यूरा, भादगाउँले टोपीको प्रवर्द्धनका लागि आवश्यक व्यवस्था […]

भक्तपुरमा ‘जुजु धौ' को माग उच्च

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्यान्हसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए ।उनले भने, “दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ । अहिले बिहानैदेखि पसलमा दही लिन आउने सङ्ख्या अत्यधिक छ । माग भएको ठाउँमा पनि पुर्याउनैपर्यो ।” दूध

भक्तपुरका ‘जुजु धौँ' व्यवसायीलाई भ्याइनभ्याई

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु...

भक्तपुरमा ‘जुजु धौँ दहीको माग उच्च’

भक्तपुर – भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए । […]

'जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो'

भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ। नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन।...

जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो

– लक्ष्मी गारु, भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो । भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक सयको […]

उत्तर कोरियाली राजदूतले भक्तपुर पुगेर चाखे जुजु धौ

काठमाडौं : नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मानले बिहीवार भक्तपुर नगरपालिका पुगेर जुजु धौ बनाउने प्रक्रियाबारे जानकारी लिएका छन्। नगरपालिका भ्रमणमा पुगेका मान र नगर प्रमुख सुनिल प्रजापतिबिच नगरपालिकामा भएको भेटपछि दक्षिण कोरियाली टोली जुजु धौ बनाउने स्थान भ्रमणमा निस्किएको थियो। भ्रमणका क्रममा राजदूत मानले स्थानीयसँग जुजु धौ बनाउने तरिका बुझेका…

तस्वीर : जुजु धौ बनाउँदै भक्तपुरका व्यवसायी

जुजु धौ बनाउँदै भक्तपुरका व्यवसायीहरु । असार १५ मा रोपाइँ मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।  भक्तपुरको जुजु धौ विश्वप्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण जोसुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले नै यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । तस्वीर : रासस