नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक, भयो ८ अर्ब माथिको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३० अंकमाथिको करेक्सन आएको छ । केही दिनयता लगातार उकालो यात्रामा रहेको नेप्सेको उकालो यात्रामा ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३०.५१ अंकले घट्दै २८ सय ३.६२ विन्दुमा झरेको छ । अघिल्लो दिन अर्थात् मंगलबार यस्तो सूचक अधिकतम् ४९.१९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको थियो । यस्तै, आज यता ‘क’ वर्गको ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.०४ अंकले घटेर ५२१.८३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । यस दिन ट्रे

सम्बन्धित सामग्री

तरलता प्रशोचनपछि ट्रेजरी बिल्सको ब्याजदर बढ्यो

काठमाडौं। बैंक, वित्तीय संस्थाको ब्याजदर घटिरहेका बेला टे्रजरी बिल्सको ब्याजदर भने बढेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन गर्न लगातार तरलता प्रशोचन गरेपछि ट्रेजरीको ब्याजदर उकालो लागेको हो ।  सोमवार राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरी बिल्सको २ दशमलव ४९ र १८२ दिनेको ३ दशमलव ८४ प्रतिशत औसत ब्याजदर कायम भएको छ । यसअघि मङ्सिर १२ गते निष्कासन भएको २८ दिन अवधिको ट्रेजरीको १ दशमलव ७५ प्रतिशत र मङ्सिर २६ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको ३ दशमलव ७६ प्रतिशत औसत ब्याजदर कायम भएको थियो ।  सोमवार सरकारले ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको भने साँवा फिर्ता गरेको छ ।  राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत दरहरू घटाएसँगै बैंकहरूले पनि पुस महीनाका लागि ब्याजदर घटाएका छन् । तर, राष्ट्र बैंकले बजारबाट लगातार तरलता प्रशोचन गरेपछि सोमवार ट्रेजरी बिल्सको ब्याजदर बढेको हो ।  राष्ट्र बैंकले मङ्सिर पहिलो सातादेखि नै निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । आइतवारसम्म राष्ट्र बैंकले १० पटक निक्षेप संकलन उपकरण जारी गर्दै बजारबाट १ खर्ब ३७ अर्ब २५ करोड रुपैयाँ उठाइसकेको छ । त्यसमध्ये ७५ अर्ब रुपैयाँ भने परिपक्व भई पुन: बजारमा फिर्ता भइसकेको छ । केन्द्रीय बैंकले मंगलवार पुन: १० अर्ब रुपैयाँ बराबरको १४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दै छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिच्दै ब्याजदर कोरिडोरको सीमाअनुसार अन्तरबैंक दर कायम गर्ने प्रयास गरे पनि अझै लक्षित सीमाभन्दा तल नै छ ।  मङ्सिर मसान्तमा औसत अन्तरबैंक ब्याजदर २ दशमलव ७२ प्रतिशत रहेको छ । ब्याजदर कोरिडोरको सीमाअनुसार कायम गर्न यसलाई न्यूनतम ३ प्रतिशत पुर्‍याउनुपर्छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा वित्तीय प्रणालीमा अधिक तरलता छ । मङ्सिरसम्ममा बैंकहरूले ६० खर्ब १० अर्ब निक्षेप संकलन गरी ४९ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ३४ प्रतिशत रहेको छ । बैंकहरूले बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार करीब ६ खर्ब थप कर्जा प्रवाह गर्ने क्षमता देखिएको छ ।

सेयरबजारमा एकै दिन १०० अंकको गिरावट आउनुको ४ कारण

सेयर बजारमा महिनादिन पछि ठुलो करेक्सन देखिएको छ। पुष ५ गतेयता नेप्से परिसूचक एकाध दिन सामान्य अंकले घटेपनि एकै दिनको कारोबारमा झन्डै सय अंकले घटेको यो पहिलो पटक हो। पुष ५ गते २३५८ को बिन्दुमा रहेको नेप्से परिसूचक अपवादको रुपमा एकाध दिन थोरै अंकले घटेपनि निरन्तर रुपमा बढेर अर्थात झन्डै ५६२  अंकले वृद्धि भएर हिजो अर्थात माघ ९ गतेको कारोबारसम्म २९२० को बिन्दुमा पुगेको थियो। पुष ५ गतेयता निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक आज अर्थात माघ १० गते आएर एकै दिन १०० अंकको करेक्सन देखिएको छ। नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा रोकिएको छ। कारोबार खुलेलगत्तै झन्डै ४३ अंकले घटेको नेप्से परिसूचक फर्किने प्रयास गरेपनि अन्तत सय अंकको करेक्सन हुन पुगेको छ। बजारमा १०० अंकको करेक्सन देखिएपनि कारोबार रकम भने उत्साहजनक रहेको छ। ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । झन्डै महिनादिनपछि बजारमा एकै दिन सय अंकको करेक्सन किन देखियो भन्ने आम चाँसो रहेको छ। बिशेषगरि चार कारणले आज एकै दिन बजार सय अंकले करेक्सन भएको जानकारहरु बताउँछन्। पहिलो र महत्त्वपूर्ण कारणमा गठबन्धन सरकारले स्थानीय चुनाव बैशाखमा नभई असोजमा गर्नेबारे गरेको सहमती। चुनाव समयमै भयो भने बजारले नयाँ उचाई लिन्छ भन्ने लगानीकर्ताको बिश्वास थियो तर लगानीकर्ताको बुझाई विपरित असोजमा चुनाव गर्ने गठबन्धनको सहमतीले बजारमा एकै दिन १०० अंकको करेक्सन हुनुमा मद्दत गरेको जानकारहरुको भनाई छ। दोस्रो कारणमा नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गर्नु। सरकारको लागि राष्ट्र बैंकले २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउँदा अहिले दबाबमा रहेको तरलता थप दबाबमा पर्ने बुझाईले बजार घट्नमा मद्दत गरेको छ। त्यस्तै केहि दिन यता बिभिन्न संचार माध्यममा केहि बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेको समाचार आएकाले त्यसले पनि बजारमा नकारात्मक असर परेको देखिन्छ। चौथो तथा महत्त्वपूर्ण कारण भनेको बजारले करेक्सन खोजिरहेको र त्यसको लागि केहि कारण खोजिरहेको र समयमै स्थानीय चुनाव नहुने लगायतका कारण दृश्यमा देखिएकाले बजारमा एकै दिन १०० अंकको करेक्सन देखिएको जानकारहरुको भनाई छ। एक महिना ५ दिनको अवधिमा नेप्से परिसूचक ५६२ अंकले बढेकाले यसले करेक्सन खोजिरहेको र आज त्यहि भएको बजारमा लामो समयदेखि सेयर कारोबार गरिरहेका अनुभवीहरुको भनाई छ।

नाफा बुकको असर शेयर बजारमा : एकै दिन कुल बजार पूँजीकरण १ खर्ब ४१ अर्बले घट्यो

माघ १०, काठमाडौं । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतवारको तुलनामा बजार ३ दशमलव ४२ प्रतिशत अर्थात् ९९ दशमलव ८६ अंकले घटेर २ हजार ८२० दशमलव ६५ विन्दुमा झरेको हो ।  आइतवार पनि बजार १० दशमलव ८३ अंकले बजार घटेको थियो । सोमवार उच्च अंकले बजार घट्दा एकै दिन लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ४१ अर्ब १२ करोडले घटेको छ । आइतवार रू. ४१ खर्ब २७ अर्ब २३ करोड ३२ लाख रहेको कुल बजार पूँजीकरण सोमवार रू. ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाखमा झरेको हो । सोमवार विकास बैंक, जलविदुत र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यो दिन विकास बैंक समूहको परिसूचक ४ दशमलव ५० प्रतिशत, जलविद्युतको ४ दशमलव ५० प्रतिशत र वित्त समूहको ४ दशमलव ३० प्रतिशत घटेको हो ।  सोमवार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आइतवार रू. ७ अर्ब ३ करोड ५ लाख बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ८ अर्ब ८८ करोड ५१ लाख बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर कारोबार भएको हो ।  नेपालको इतिहासमा भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ दशमलव ६० को विन्दुमा पुगेर बन्द भएको थियो । त्यस पछि घट्न थालेको नेप्से परिसूचक मंसिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको थियो । त्यसपछि बढ्न थालेको बजार माघ ६ गते बिहीवार २ हजार ९३१ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । त्यसपछिको दुई कारोबार दिन बजार निरन्तर घटेको हो । करीब दुई महीनामा बजार ६७१ दशमलव ८३ अंकले बजार बढेको छ ।  छोटो समयमै उच्च अंकले बढेको बजारबाट नाफा बुक गर्नेहरुले सोमवारको बजारमा असर परेको टिप्पणी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले गरेका छन् । बजार घट्नुपर्ने कुनै कारण नदेखेका उनले यो बीचमा उच्च करेक्सन आवश्यक थियो त्यो सोमवार भएको छ अब फेरि नदोहोरिने विश्वाससमेत व्यक्त गरे ।  बजार उकालो लाग्दा जुन स्थिति थियो हालको स्थितिमा पनि कुनै परिवर्तन नभएकाले नाफा बुक गर्नेहरु भन्दा बाहेक बजार घट्नुको अन्य कारण नभएको ढकाल बताउँछन् ।  बजारलाई थप गतिका लागि आगामी चुनाबले पनि सकारात्मक माहोल बनाईरहेका बेला त्यसको मिति तय नहुनु र चुनावी प्रकृया पछि धकेलिने सम्भावनाका कारण पनि नाफा बुक गर्नेहरु सक्रिय भएको उनी बताउँछन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडाैं : लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ।बजार आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक १.३२ प्रतिशतले उकालो लागेको छ।होटेल तथा पर्यटन समूह १.२९ प्रतिशत बढ्द

शेयर बजारमा सामान्य करेक्सन, साढें ८ अर्बको कारोबार

काठमाडौं, माघ ४ । उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर २९ सय ३६ कायम भएर थामियो । नेप्से घटेपनि क वर्गका कम्पनीको मापक सेन्सेटिभ परिसुचक भने सामान्य अंकले हरियो रहेको छ । कारोबार भने उच्च नै साढें ८ अर्ब नजिक रह्यो […]

नेप्सेमा ३०.५ अंकको गिरावट

सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७।०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार […]

नेप्से ३० अंकले घट्यो

काठमाडौँ – सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०।५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.०४ अंक, फ्लोट इन्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१७ अंक घटेको छ। बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ […]

नेप्से ५५ अङ्कले बढ्यो, कारोबार रकम झन्डै ८ अर्ब रुपैयाँ

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज आइतवार ५५ अङ्कभन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर एक सय ८७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३८, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बी...

टेस्ला ६ खर्ब डलर बजार पुँजीकरण भएको समूहमा

वासिङटन-अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको मूल्य सोमबार पहिलो पटक ६ खर्ब ८ अर्ब डलर पुगेको छ । कम्पनीको मूल्य २०२० मा निरन्तर उकालो लागेपछि मूल्य पनि बढेको हो ।यो बाहेक ६ खर्ब डलर लाघेका कम्पनीहरुमा एप्पल, माइक्रोसफ्ट, अमेजन र फेसबुक रहेका छन् ।यो वर्षको हाल सम्मको अवधिमा टेस्लाको सेयर मूल्यमा ६६० प्रतिशतले वृद्धि भइसकेको छ […]