काठमाण्डाै – आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।
गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु पचाउनसक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन् । यसवर्ष नेपालम...