काठमाण्डौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर म.न.पा. वडा नं. २, चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उहाँका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बिमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो । उक्त […]
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका-२ निवासी खातावाल सुष्मा श्रेष्ठको दुर्घटनामा परेर मृत्यु भएको थियो । …
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका-२ का लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई खातावाला परिवारको तर्फबाट सो रकम …
काठमाडौँ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता वालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले खाता वालाको तर्फबाट कावासोती नगरपालिका वडा नं २ निवासी लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो । उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको […]
काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ ।
कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन ।
कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखामार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावालसहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको […]
माघ २६, काठमाडौं । कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर बुधवारदेखि विक्रीमा आएको छ ।
कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो ।
यी दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
सुर्खेत : कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा कुमारी बैंकले १० लाख रकम जम्मा गरेको छ। बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कुमारी बैंक सुर्खेत शाखाका प्रबन्धक हिमाल मुडभरीले १० लाखको चेक हस्तान्तरण गरेका छन्।
यसैगरी राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेशले ५१ हजार १ सय ५१ रुपैयाँ कोषमा सहयो...