जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसले सर्वसाधारणका लागि ५ लाख २२ हजार र कम्पनीका संस्थापकहरुका लागि १० लाख ७८ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र […]

सम्बन्धित सामग्री

जाल्पा लघुवित्तको आइपीओ भर्ने आज अन्तिम मौका

काठमाडौं, २५ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले माघ २१ गते (शुक्रबार)बाट आवेदन खुला गरेको थियो ।जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको […]

जाल्पा लघुवित्तको आइपीओ भर्नुभयो ?

काठमाडौं, २२ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ माघ २१ गते (शुक्रबार)बाट खुला गरिएको छ । जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि […]

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि खुल्यो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आजबाट साधारण सेयर (आइपीओ) खुलेको छ । लघुवित्तले ५ लाख २२ हजार कित्ता साधारण सेयर ल्याएको हो । सो सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित रहेको छ । खुलेको सेयर मध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फण्डका लागि […]

लघुवित्त वित्तीय संस्थाको आइपीओ खुल्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।

२४ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने तयारीमा ४ ओटा लघुवित्त कम्पनी

भदौ ५, काठमाडौं ।  चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।   राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।   ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।   त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।  गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।   उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।                                                                स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित