विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने चालक दललाई उडानमा रोक
नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।...
मुगु, १७ मङ्सिर । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ । तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा […]
भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्। बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ। १८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। एकापसमा […]
काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्ययन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत […]
भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ ।
विमानचालक सुरक्षित त्यहाँबाट निस्केको समाचार छ ।
‘विमान रुटिन मिसनमा उडिरहेको थियो र ग्वालियर एयरफोर्स स्टेसनबाट उडेको थियो,’ एक अधिकारीले बताए । बाबेदी गाउँ नजिकको एक खेतमा विमान खसेको थियो ।
दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी राखिएको छ ।
सन् २०१६ देखि अहिलेसम्म भारतीय वायुसेनाका २७ वटा विमानहरू दुर्घटनामा परेका छन् ।
काठमाडौँ– रुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान मंगलबार दुर्घटना भएको हो। उक्त विमान स्थानीय समय अनुसार मंगलबार अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीहरुले जनाएका छन्।
एजेन्सी। रुसमा आज भएको विमान दुर्घटनामा चालक दलका ६ सदस्यसहित २८ जनाको मृत्यु भएको छ। विमान अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर समुन्द्रमा खसेको बताइएको छ। कामचाट्का प्रायद्वीपबाट पालनामा अवरतण गर्ने क्रममा विमान दुर्घटनामा परेको थियो। अवतरण गर्नु १० किलोमिटर अघि विमानको सम्पर्क एयर ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएको थियो। एएन–२६ नामको यो विमान कामचाट्का इन्टरप्राइज कम्पनीको हो।
जुबा । दक्षिण सुडानको जोङलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाह पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।
उहाँले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिए । (रासस–एएफपी)