अन्न निर्यात गर्न पाउने सम्झौताको केही घण्टामै रुसद्वारा युक्रेनी बन्दरगाहमा आक्रमण

अन्न निर्यात गर्न पाउनेबारे रुस र युक्रेनले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेको छ । पश्चिमी सहर ओडेसामा रुसले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको सेनाले जनाएको छ । युक्रेनी हवाई सुरक्षाका प्रमुखले बन्दरगाहका अन्न भण्डारलाई नियतवश निसाना बनाइएको आरोप लगाएका बीबीसीले जनाएको छ । युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जुजेप बोरेलले यो आक्रमणले रुसले अन्तर्राष्ट्रिय कानुनलाई पूरै बेवास्ता गरेको देखिएको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरसले पनि आक्रम...

सम्बन्धित सामग्री

अन्न निर्यात सम्झौता अन्त्य गर्ने रूसको घोषणा, अमेरिकाले भन्यो- क्रूर निर्णय

२ साउन, मस्को । रूसले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । उक्त सम्झौताको समय सोमबार मध्यरातमा समाप्त भएको हो । तर, रूसले सोमबार दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको बताएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि मस्कोले स्पष्ट गरेको समाचार संस्था एएफपीले […]