मतदानमा सहभागी गराउन विप्लव समुहलाई फकाउदै सरकार

काठमाडौं, २२ कात्तिक । सरकारले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपासँग वार्ता गरेको छ । आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको विप्वल समुहलाई मतदानमा सहभागी गराउन वार्ता सुरु गरेको हो । वार्तामा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र विप्लव समुहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी भएको जनाईएको छ।