कुश उम्रने ठाउँमा संरचना निर्माण‚ उपत्यकामा अभाव

काठमाडौं : आज कुशे औंशी मनाइँदै छ। यो पर्व हरेक वर्षको भाद्र कृष्ण औंशीका दिन मनाइन्छ। कुशे औंशीका दिन ब्राह्मणहरूले विधिपूर्वक कुश काट्ने गर्छन्। यस दिन काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ। त्यही कुश वर्षभरि गरिने देव तथा पितृ कार्यमा प्रयोग गर्ने प्रचलन छ।तर‚ देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पछिल्लो समय अभाव हुँदै गएको छ। मानवीय कृयाकलापले गर्दा कुश अभाव भएको प्रयोगकर्ताहरू बताउँछन्। भक्तपुर बालकोटका दीपक ढुंगेलले कुश उम्रने ठाउँमा विभिन्न संरचना ब