हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै किसान सडकमा (फोटो फिचर)

जेठ २०, काठमडौं । नेपाल क्रान्तिकारी किसान संघले सरकारलाई तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ ।  किसनहरुले हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै जुलुस निकालेका हुन् । उनीहरुले रत्नपार्कमा जम्मा भएर बागबजार हुँदै पुतलीसडक, प्रदर्शनी मार्ग, शहिद गेट, न्यूरोड, इन्द्रचोक, बांगेमुडा, असन र भोटाहिटीमा जुलुस प्रदर्शन गरेका हुन् ।  देशभर रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा शुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।  केही सहकारीले बेलैमा ल्याएको मल विक्री शुुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् ।  कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेका छन् ।                                                         फोटो : सुनिल शर्मा /आर्थिक अभियान

सम्बन्धित सामग्री

मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान (फोटो फिचर)

काठमाडौँ – ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि  बत्ताउन व्यस्त देखिएका छन्। मानो रोपेर मुरी उब्जाउने बेला अर्थात् असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त भएका हुन्। केही दिन लगातार पानी परेकाले किसानहरुले धान भित्र्याउन पाएका थिए। देशसञ्चारका सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

देशभरका किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा पनि रोपाइँ सुरु भएको छ । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेतमा भइरहेको रोपाइँका केही तस्विरहरु :

गहुँ भित्र्याउने चटारोमा सल्यानका किसान (फोटो फिचर)

सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको

एमसीसीको विरोधमा चर्कियो सडक संघर्ष (फोटो फिचर)

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । नेकपा माओवादी […]

तोरीबारीमै गएर मह काढ्दै मौरीपालक किसान (फोटो फिचर)

सूर्यप्रसाद अधिकारीचितवन : हरेक वर्ष जस्तै यहाँका मौरीपालक किसानहरूलाई यतिबेला मह काढ्ने चटारो छ।अधिकांश तोरी खेती हुने स्थानीय तहहरूमा किसानहरूले मौरीपालन व्यवसाय गरेका छन्। पुसको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म यहाँका किसानले तोरीबारीमै गएर मह काढ्ने गर्दछन्।चितवनमा हाल व्यावसायिक किसान करिब साढे पाँच सय हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीगोला रहेको छन्।केही तस्वीर झलक :

फूलैफूलले रंगीचंगी तिहार (फोटो फिचर)

काठमाडौं :  भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्‍यापारमा अधिकांश भारतीय फूल देखिएको छ।भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्‍यापारीले गुनासो गरेका छन्।काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ। यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्य

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

खोकनाका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

दसैँ सकिएसँगै देशभरका किसान धान भित्र्याउने चटारोमा छन्। बेमौसमी वर्षाका कारण धानबालीमा क्षतिसमेत पुगेको छ। कतिपय ठाउँमा धान काटेर खेतमा सुकाएको निहिन पानीले डुवाएको छ। पहाडी भेग तथा तराई क्षेत्रमा...

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला. . . (फोटो फिचर)

म्याग्दी : कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा शहरबजारसँगै ग्रामिण क्षेत्रको वातावरण सुनसान प्राय छ। बर्खे खेती लगाउने सिजन भएकाले खेतबारी खन्न तथा धान रोप्न किसानहरु खेतबारीमा व्यस्त छन्।जिल्लाका केही भेगका किसान खेतबारी खनजोत गर्दैछन् भने कहींको किसान धान रोपाइमा ब्यस्त छन्। त्यस्तै मंगला गाउँपालिका–३,बरंजा आल्टामाका किसानलाई यतिबेला धान रोप्ने चटारो छ। यहाँ जेठ महिनाको दोस्रो साताबाट नै किसानले धान रोप्न सुरु गर्छन्।