काठमाडौं : आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।‘हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो।विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकासोन्मुख र अविकासित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ ।&nb