हिमालयन बैंकले सुरु गर्‍यो अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्ड सञ्चालनमा ल्याएको छ ।...

सम्बन्धित सामग्री

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्

हिमालयन बैंक एक्सिलेन्सी अवार्डबाट सम्मानित

हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् । एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ । बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड

हिमालयन बैंकको अमेरिकन एक्स्प्रेस प्रिपेड र क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकले अमेरिकन एक्स्प्रेससँगको सहकार्यमा नेपालमा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड भ्रमण गर्ने तथा विभिन्न सामानहरु खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य […]

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सुरु गरे दुईवटा नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सेवा सुरु गरेका छन् ।दुई संस्थाको सहकार्यमा दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामग्री खरिद […]

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको २ वटा कार्ड सार्वजनिक, यस्ता छन् विशेषता

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले  दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएका हुन्। हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरि जारी गरिने बैंकले जनाएको छ। उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्ने बैंकले उल्लेख गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससंग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरे । उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोवारमा फाइदा प्रदान गर्ने उनले बताएक छन्।अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताईन् ।  यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसंग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्ने बनले जनाएको छ । उच्च शिक्षा अध्ययनको लागि पनि यहि समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्ने बैंकले उल्लेख गरेको छ।बैंकका अनुसार  हिमालयन बैंक अमेरिकन एक्स्प्रेस केडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०% वा बढीमा ने.रु. ३,०००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने छन् । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०% वा बढीमा ने.रु. २,४००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। त्यस्तै  केडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलका तर्फ बाट १ रात निःशुल्क प्राप्त गर्ने, युनाइटेड कलरस् अफ बेनेटनमा सामान खरिद गर्दा १०% छुट प्राप्त गर्ने, स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५% छुट प्राप्त गर्ने, मिसियोमा ३३% छुट र एपिक माउन्टेन बाइकस्मा १०% सम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रिपेड कार्ड प्रयोगकर्ताहरुले संसारभरीका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्, भने www.rentalcars.com बाट बुकिङ्ग गर्दा १०% छुट र एभिस कारस्मा बुकिङ्ग गर्दा १५% सम्मको छुट प्राप्त गर्न सकिने छ। त्यस्तै कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५% सम्मको छुट, मिसियोमा ३३% छुट र www.booking.com मा ४०% सम्मको छुट प्राप्त गर्न अकने बैंकले जनाएको छ ।

हिमालयन बैंकको एससीटी युनियनपे कार्ड सेवा

काठमाडौं (अस) । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा सुरु भएको छ । भिडियो कन्फ्रेन्समार्फत सञ्चालित कार्यक्रममा नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्ने गरी यो कार्ड सेवा सञ्चालन गरिएको हो । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलमा जाने व्यापारी व्यवसायीका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंकले बताएको छ । एचबीएल युनियनपे एससीटीको ब्रान्डेड कार्ड सेवा ग्राहकका लागि जारी गरेकामा युनियनपेका प्रतिनिधिले धन्यवाद दिएको बैंकले जानकारी दिएको छ । निकट भविष्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्युआर तथा वालेटमा स्वीकार्य हुने बताइएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले युनियनपे तथा एससीटीसँग सहकार्य गरी एचबीएल युनियनपे एससीटी कार्ड सञ्चालनमा ल्याइएको बताए । हिमालयन बैंक अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे सेवा सञ्चालन गरिरहेको र छिट्टै डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार्ने एक मात्र बैंक हुने जिकिर गरे । हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि सञ्चालनमा रहेको छ । सन् २०१८ देखि क्यूपे वालेट सञ्चालन गर्दै आएको एससीटी नेपालमा युनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था हो ।