नेपाली कांग्रेसको पदाधिकारी बैठकमा मन्त्री नियुक्तिका विषयमा छलफल भएको छ ।
बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग २ जनाको नाम माग्दा पौडेलले ३ मन्त्री दिनुपर्ने माग गरेका थिए । तर देउवाले २ मात्रै दिन सकिने जवाफ फर्काएका थिए ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सरकारमा १ मन्त्रालय पाउने भएको छ । सम्भवतः भोलि बिहीवार नै मन्त्रिपरिषद् विस्तार हुने महतले बताए ।
मंसिर ९–१३ गतेसम्मका लागि तोकिएको १४औं महाधिवेशन केही ...