फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

सिंगटी हाइड्रो इनर्जीको लक इन अवधि चैत २६ गते सकिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि चैत २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।  उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।  तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले जनाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

यस्ता छन् नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि मापदण्ड

काठमाडौं । नेपालको धितोपत्र बजारलाई नयाँ आयाम दिने भन्दै नियामक निकायले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप्न लागेको छ । हाल धितोपत्रको दोस्रो बजार सञ्चालकका रूपमा एक मात्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड Nepal Stock Exchange Limited (नेप्से) सञ्चालनमा छ । सरकारी स्वामित्वको दोस्रो बजार सञ्चालक नेप्से (Nepse)लाई प्रतिस्पर्धी बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (Securities Board of Nepal)ले नयाँ स्टक एक्सचेन्ज थप्नेतर्फ कदम चालेको बताइन्छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर (Broker) र कमोडिटी एक्सचेन्ज (Commodity Exchange) थप्न सम्बद्ध नियमावलीमा गरेको संशोधनलाई गैरकानूनी दाबी गर्दै सर्वोच्च अदालतमा परेका दुईओटा रिट खारेज भएपछि बोर्डले अनुमतिपत्रका लागि आवेदन माग गर्ने प्रक्रिया अघि बढाउन जतिसक्दो चाँडो बोर्ड सञ्चालक समितिले काम गर्ने बताइसकेको छ । बजारको विकासमा पूँजीको महत्त्व बढी हुने हुनाले नयाँ ब्रोकर कम्पनीले पूँजी संरचनाका आधारमा सेवा प्रवाह गर्ने बोर्डका अध्यक्ष रमेशकुमार हमाल (Ramesh Kumar Hamal) को भनाइ छ । नयाँ कम्पनीहरू नयाँ जोश, जाँगर र नयाँ प्रविधिका साथ आउने हुँदा यसले बजार (Bazar) मा सकारात्मक प्रभाव पार्ने हमालको तर्क छ । बोर्डले पुराना ब्रोकर कम्पनी (Broker Company) लाई समेत नयाँ पूँजी संरचनाका आधारमा अघि बढ्ने अवसर दिएको छ । पुराना ब्रोकरलाई प्रतिस्पर्धी रूपमा अघि बढाउन पूँजी वृद्धिका लागि बोर्डले २०८२ असारसम्मको समय दिएको छ ।  बोर्डले एक नयाँ स्टक एक्सचेन्ज र प्रक्रिया पूरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाइसेन्स (Broker License) वितरण गर्नेछ । त्यसैगरी दुईओटा कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने बोर्डको तयारी छ । बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि २०७६ सालमै लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको थियो । बोर्डले २०७६ वैशाखमा दुईओटा कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने गरी आवेदन माग गरेको थियो । उक्त अवधिमा ६ कम्पनीले कमोडिटी एक्सचेन्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा निवेदन दिए । पछि बोर्डले ती कम्पनीको आवेदन रद्द गर्‍यो ।  अब यसअघि आवेदन रद्द भएका कम्पनीले समेत पुनः आवेदन दिन सक्नेछन् । वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि चुक्ता पूँजी ५० करोड रुपैयाँमा नघट्ने गरी बोर्डले समयसमयमा तोकेबमोजिम हुनेछ ।  नयाँ स्टक एक्सचेन्जका लागि के छ व्यवस्था ? बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्ता पूँजी (Paid Capital) हुनुपर्ने व्यवस्था गरेको छ । उक्त चुक्ता पूँजीमा संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत स्वामित्व कायम गर्नुपर्नेछ । कम्पनी ऐनबमोजिम स्थापित प्राइभेट कम्पनी (Private Company)ले मात्र धितोपत्र बजारको संस्थापक शेयर ग्रहण गर्न पाउने व्यवस्था बोर्डले गरेको छ । निजीक्षेत्रको नयाँ स्टक एक्सचेन्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबर लगानी गर्ने अवसर पाउनेछन् ।  नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि दर्ता भएका कम्पनीले दर्ता भएको ६ महीनाभित्र चुक्ता पूँजी प्रमाणित गर्ने कागजात र आवश्यक विवरणसहित अनुमतिका लागि बोर्डमा निवेदन दिनुपर्ने छ । निवेदकले निवेदनसाथ पेश गरेको विवरण र कागजात ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार देखिए बोर्डले अनुमति दिनेछ । बोर्डले अनुमति दिएको ६ महीनाभित्र धितोपत्र बजार सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ । तोकिएको अवधिभित्र पूर्वाधार तयार गर्न नसकी थप समय माग गरेमा बोर्डले बढीमा ६ महीना थप गरिदिनेछ । नयाँ स्टक एक्सचेन्जका सञ्चालकको योग्यता धितोपत्र बजारको कम्तीमा दुई तिहाइ सञ्चालक अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचनाप्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा त्योे सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ । दुई तिहाइ सञ्चालक पूँजी बजार, उद्योग, वाणिज्य, वित्त, लेखा, कानून तथा व्यवस्थापनका सम्बद्ध क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभवी हुनुपर्नेछ । सञ्चालक हुन नेपाल सरकारले स्वीकृति दिएकोमा बाहेक नेपाली नागरिक हुनुपर्नेछ । नयाँ स्टक एक्सचेन्जको कार्यकारी प्रमुखको योग्यता धितोपत्र बजारको कार्यकारी प्रमुख अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचनाप्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा त्यससरह उपाधि प्राप्त गरेको हुनु पर्नेछ । पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा सहित कम्तीमा १५ वर्षको कार्य अनुभव कार्यकारी प्रमुखका लागि तोकिएको छ । स्टक एक्सचेन्जले बोर्डको स्वीकृति लिई देशका विभिन्न स्थानमा शाखासमेत खोल्न सक्नेछ । नयाँ ब्रोकरका लागि के छ व्यवस्था ?  नयाँ ब्रोकर कम्पनीका लागि ४५ ओटा आवेदन प्राप्त गरिसकेको बोर्डले प्रक्रिया पूरा गरेका सबै कम्पनीलाई लाइसेन्स दिने बताएको छ । बोर्डमा प्राप्त निवेदनमध्ये तेस्रो तहको स्टक डिलरका लागि एक मात्र कम्पनीको आवेदन परेको छ । पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर लाइसेन्सका लागि तीन कम्पनीको आवेदन परेको छ । बाँकी कम्पनीको आवेदन सीमित दायराको पहिलो तहको ब्रोकर लाइसेन्सका लागि परेको हो । तेस्रो तहको स्टक डिलरका लागि नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले आवेदन दिएको छ । पूर्ण दायरासहितको दोस्रो तहको लाइसेन्सका लागि मेगा स्टक मार्केट, सेञ्चुरी सेक्युरिटिज र हिमालयन सेक्युरिटिजले आवेदन दिएका छन् ।  बोर्डले वितरण गर्ने नयाँ ब्रोकर लाइसेन्स तीन प्रकारका हुनेछन् । पूँजी संरचनाअनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड, शेयर खरीदविक्रीसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको लागि ६० करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी तोकिएको छ ।  ब्रोकरले लिन पाउने सेवा शुल्क ब्रोकर कम्पनीहरूले शेयर कारोबार गरेबापत शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशतसम्म सेवाशुल्क लिन पाउनेछन् । ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजार रुपैयाँभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखमाथि १ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोडमाथिको जतिसुकै कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवाशुल्क लिन पाउनेछन् ।  सरकारी तथा गैरसरकारी ऋणपत्रको कारोबारमा भने ब्रोकरले न्यूनतम शून्य दशमलव शून्य २ देखि शून्य दशमलव १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछन् । यी बाहेक अन्य धितोपत्र कारोबारको हकमा भने न्यूनतम शून्य दशमलव १० प्रतिशतदेखि अधिकतम शून्य दशमलव १५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था छ ।  नयाँ ब्रोकर कम्पनीका लागि लाग्ने दस्तुर नयाँ ब्रोकर कम्पनीका लागि बोर्डले निवेदन दस्तुर, अनुमतिपत्र दस्तुर र वार्षिक शुल्कसमेत निर्धारण गरेको छ । पहिलो तहको ब्रोकरका लागि निवेदन दस्तुर ५० हजार रुपैयाँ तोकिएको छ । यसका लागि अनुमति दस्तुर २५ लाख र वार्षिक शुल्क १ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।  दोस्रो तहको ब्रोकरका लागि निवेदन दस्तुर १ लाख, अनुमतिपत्र दस्तुर ५० लाख र वार्षिक शुल्क ५ लाख रुपैयाँ तोकिएको छ । तेस्रो तहको स्टक डिलरका लागि निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर १ करोड र वार्षिक शुल्क ५ लाख रुपैयाँ तोकिएको छ ।

नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा विक्री गर्नका लागि कम्पनीले सोमवार पुनः सूचना जारी गरेको छ । प्रतिकित्ता रू. ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ । तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि उसले भनेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्टको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर माघ ६ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य १५० रूपैयाँ तोकिएको छ ।  तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यस डेभलपमेण्ट बैंकको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो । सो अवधिमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।  कम्पनीको यो शेयर प्राप्त गर्ने शेयरधनीहरूले माघ ६ गतेपश्चात कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको करीब २ लाख कित्ता संस्थापक शेयर विक्रीमा

फागुन १९, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा ल्याएको छ ।  प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २७०, २५० र २०० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटबल ११ कालिकानगरमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

नेरुडे लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

असार ३०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. ४०० मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर लिलामीमा ल्याएको हो ।  तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत विक्री प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ । शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीहरुले रितपूर्वक सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ ।