दीपेन्द्रका लागि सम्झनलायक त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौंः नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीका लागि मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टी-२० सिरिज स्मरणयोग्य रह्यो। ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने। यसै सिरिजमा टी-२० अन्तरराष्ट्रियमा पारस खड्काको कीर्तिमान भङ्ग गर्दै उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। साथै टी-२० अन्तरराष्ट्रियमा १ हजार रन बनाउने पहिलो खेलाडी पनि बने। उनले ३९ खेलमा १ हजार ३३ रन बनाएका छन्। जसमा १ शतक र ५ अर्धशतक सम्मिलित छन्।ऐरीले उक्त सिरिजमा बलिङ, ब्याटिङ र फिल