आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघ

सम्बन्धित सामग्री

४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ । १ अर्ब ४३ करोड १४ लाख ६ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको हो । आज आँधीखोला लघुवित्त कम्पनीको […]

६ लघुवित्तले पाए डिमर्जको अनुमति, साधारणसभाले पारित गरेको लाभांश पनि रोकिने

नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अर्थात् डिमर्जको लागि अनुमति दिएको छ । मर्जर प्रक्रियामा गएर लामो समयसम्म पनि मर्जर प्रक्रिया नटुंग्याएका कम्पनीलाई शर्त सहित डिमर्जको अनुमति दिईएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन्। राष्ट्र बैंकले डिमर्जको अनुमति प्रदान गर्दा विभिन्न शर्त पनि तोकेको छ। जस अनुसार यी कम्पनीले २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरिसक्नु पर्ने छ । त्यस्तै यी लघुवित्तले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरेको भए , साधारणसभाबाट पारित गरेपनि शेयरयरधनीहरुलाई लाभांश वितरण भने गर्न पाउने छैनन्। २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् । राष्ट्र बैंकले तोकेको समयअवधि अर्थात २०७९ असार मसान्तसम्म अर्कोसँस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत उनीहरु बन्चित रहनेछन्। साथै सेयरको दोस्रो बजारमा यी लघुवित्तहरुको सेयर कारोबार बन्द नै रही रहने छ।कसले कति प्रस्ताव गरेका छन् लाभांश ?आँधीखोला लघुवित्तले र्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १ प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ। नाडेप लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ । डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीले कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीक्जो चुक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २ सय ३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ र ७७/७८ मा मर्जर तथा प्रति कार्य गरेकोले बोनसमा कर नलाग्ने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन। धौलागिरी र श्रीजनशील लघुवित्तले लाभांश घोषणा गरेका थिएनन् ।