भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति मार्च २५ तारिख सकिएको सातामा २.३ अर्ब डलरले घटेको छ । रिजर्भ बैंकको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति अहिले ६१९.६७८ अर्ब डलरबाट घटेर ६१७ अर्ब ६४८ अर्ब डलरमा झरेको छ । यसअघि मार्च १८ तारिख सकिएको साता २.५९ अर्ब डलरले घटेको थियो । त्यसैगरी मार्च ११ तारिख सकिएको सातामा यो गिरावट ९.६४६ अर्ब डलर पुगेको थियो । मार्च १५ तारिख समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको कारण कुल मुद्रा सञ्चित