बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने

हेटौंडा : बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने भएको छ। केन्द्रमा एमाले औपचारिक रुपमा विभाजन भएर दुई दलमा विभाजन भइसके पनि प्रदेशमा सांसदहरुलाई दल रोज्ने समय बाँकी भएकोले तत्काल मन्त्रिपरिषद् बिस्तार नहुने भएको हो।दल विभाजनसम्बन्धी अध्यादेशले दल विभाजन भएर बनेको नयाँ दल रोज्नको लागि २१ दिनको समय दिएको छ। जसअनुसार प्रदेश सांसदहरुलाई दल रोज्न अझै १७ दिनको समय बाँकी छ।१७ दिनको बीचमा कतिजनाले एमाले छोडेर नयाँ दल रोज्ने हो र कति एमालेमा नै बस्ने हो भन्ने टुङ्गो नहुँदा प्रदेशका मुख्यमन्त्री अष्ट

सम्बन्धित सामग्री

प्रहरी समायोजनका लागि अगुवाइ गर्दै बागमती प्रदेश सरकार

काठमाडौँ, १८ माघ । बागमती प्रदेशले सङ्घीय शासन प्रणालीको कार्यान्वयनका क्रममा अलममा रहेका प्रदेश प्रहरी समायोजनलगायतका मुद्दामा केन्द्र सरकारसँग दबाब र समन्वय बढाउन अगुवाइ लिएको छ । जनताको बलिदानी सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीसहितको नेपालको संविधानको कार्यान्वयनका क्रममा दुईपटकका आवधिक निर्वाचन सम्पन्न भए पनि हालसम्म सङ्घीयताअनुकूलका सबै कानुन र संरचनाले पूर्णता पाउन सकेका […]

गठबन्धनलाई भाग पुर्‍याउन बागमतीमा फेरि टुक्र्याइयो मन्त्रालय

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ७८ दिन पछि विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ दलबिच चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्री बनाउने सहमति भएसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुग्ने भएको छ । ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले […]

पद जोगाउन दौडधूपमै बित्यो अष्टलक्ष्मीको दुई साता

हेटौंडा :  नेपालको पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेको दुई साताभन्दा धेरै भयो। तीन सदस्य मन्त्रिमण्डलबाट सुरु भएको बागमती प्रदेश सरकार हाल दुई सदस्यमा खुम्चिएको छ। नयाँ सरकार गठन भएको दुई साता पुग्दा सरकारले पूर्णता पाउनुको साटो एमाले विभाजनले गर्दा सरकारमा भएको मन्त्री पनि बाहिरिएका छन् भने मुख्यमन्त्रीकै पद धरापमा पुगेको छ।एमाले विभाजनका बेला स्पष्ट चुनौतीलाई स्वीकार्दै शाक्य भदौ २ गते बागमती प्रदेशको म