पाचन प्रणालीमा समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूलाई लक्षित गरी निःशुल्क बहिरङ्ग (ओपीडी) सेवा संचालन गर्ने भएको छ । नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा. सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत केहीमहिनायता प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ । यही सेवाअन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँ

सम्बन्धित सामग्री

अर्घाखाँचीका ग्रामीण बस्तीका नागरिक निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी

अर्घाखाँची । ‘स्वास्थ्यमा सहज पहुँच’ भन्ने सरकारी नारा अर्घाखाँचीको ग्रामीण बस्तीका नागरिकका लागि नारामै सिमित भएको छ । ग्रामीणमुखी भन्दा शहरमुखी स्वास्थ्य सेवा प्रणालीमा केन्द्रित हुँदा ग्रामीण बस्तीका नागरिक स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट बञ्चित भएका हुन् । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको […]

नेपालको सन्दर्भमा इच्छामृत्यु: भ्रम र वास्तविकता

हाम्रो स्वास्थ्य सेवा प्रणालीमा पनि तत्काल लगानी गर्न आवश्यक छ, ताकि बिरामी स्वास्थ्यबाट पीडित गरिबहरुले निःशुल्क स्वास्थ्य सेवामा पहुँच गर्न सकून्। स्वास्थ्य सेवामा लगानी दान होइन; ‘स्वास्थ्यको अधिकार’ हाम्रो संविधानको ‘बाँच्नको अधिकार’ अन्तर्गत दिइएको छ।

‘स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरू

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार गर्न पाउनेभएका छन् ।सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका छन् । कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार […]

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले यी अस्पतालबाट निःशुल्क उपचार पाउने

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब विभिन्न २६ अस्पतालमा निःशुल्क उपचार गर्न पाउनेभएका छन् । सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।  कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क र एकदमै न्यून शुल्कमा तोकिएका अस्पतालहरुमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । अब कार्यस्थल दुर्घ...

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् ।सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् । कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतालमा कोषको परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभा

सामाजिक सुरक्षा कोषको कार्ड देखाए यी २६ अस्पतालमा निःशुल्क उपचार

सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

मंसिर ९, कास्की । गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषदको बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो । प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्यसंस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा शहिद तथा बेपत्ता, घाइते अपांगता भएका व्याक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार नागरीकको मौलिक हकका रुपमा कानूनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाइ कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो । संघियताको मर्म बमोजिम संघ र स्थानिय तहसँग सहकार्य गर्दे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरीककोे पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुनेछ । स्वास्थ्य नीतिमा बीमा लागू भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागू गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ ।  प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर, मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ ।  त्यसैगरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेको छ ।  व्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् ।  त्यसैगरी, प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख स्थल भएकाले अन्तरराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ ।  त्यसैगरी, किशोरीका लागि आइरन लगायतका आवस्यक औषधिहरु उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरी, प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।

पाचन प्रणालीमा समस्या भएकाले शनिबार नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रित गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।

पर्यटन सूचना जीआईएस प्रणालीमा

नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) चाँडै सञ्चालनमा ल्याउने भएको छ । पर्यटकसम्म सहज रुपमा सूचना पुर्‍याउने उद्देयले यस्तो प्रविधि प्रयोग गर्न लागिएको नेपाल पर्यटन बोर्डका अनुसन्धान योजना तथा अनुगमन विभागका निर्देशक काशीराज भण्डारीले जानकारी दिए । जीआईएस प्रविधिको प्रयोग हुन थालेपछि विश्वका जुनसुकै मुलुकका पर्यटकले इन्टरनेटबाट नेपालको प्रमुख पर्यटकीय स्थलको पूर्ण जानकरी पाउनेछन् । यसको प्रथम चरणमा पोखराको सम्पूर्ण जानकारी समावेश गरिएको छ । यसमा पोखराका प्रमुख होटेल, ट्राभल्स, ट्रेकिङ लगायतका व्यवसाय तथा अन्य सेवा र गन्तव्य गरी ८ सय २५ वस्तुको सूचना उपलब्ध हुनेछ । ‘केही समयमा नै पोखराको जीआईएस नक्सा नेपाल पर्यटन बोर्डको वेब साइटमा अपडेट गरिनेछ,’ भण्डारीले भने । भण्डारीका अनुसार यो प्रविधिमा विश्वमा प्रचलित गुगल म्याप जस्तै छ । यसमा पहिले नेपालको नक्सामा प्रमुख पर्यटकीय गन्तव्य तथा स्थानको नाम देखिनेछ । आफूले चाहेको ठाउँमा क्लिक गरेपछि सम्बन्धित ठाउँको विस्तृत नक्सा उपलब्ध हुन्छ । यसमा उपलब्ध सबै सेवा, वस्तुु तथा स्थानको तस्वीर, ठेगाना वेब ठेगाना, पोस्ट बक्सलगायत पूर्ण जानकारी उपलब्ध हुनेछ । जीआईएस प्रणालीले नेपाल आइसकेका र आउन चाहने पर्यटकलाई सहयोग पुग्नेछ । नक्सालाई आफ्नो वेबमा राख्न चाहने व्यवसायीहरूलाई निःशुल्क उपलब्ध गराइने भण्डारीले बताए । ‘सहजताका लागि नक्सा सिडीमा समेत उपलब्ध गराइनेछ,’ उनले भने । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

नेपालको स्वास्थ्य प्रणालीमा अवकाश प्राप्त चिकित्सकको भूमिका र सरकारको अभिभावकत्व

म एक जिम्मेवार चिकित्सकको नाताले सरकारलाई यो युद्ध मैदानबाट प्रश्न गर्न चाहन्छु की जनताको संविधानमा लेखिएका मौलिक अधिकार, निःशुल्क स्वास्थ्य सेवा, जनसंख्याको आधारमा दरबन्दी के पूर्ति भएको छ त ?  कसले छेकेको छ दरबन्दि बृद्धि गर्न ? किन हुँदैन ओएन्डएम सर्भे?