धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उनले बताए । धान रोप्न श्रमिक आवश्यक भएको समयमा नपाइने भएकाले प्रविधिको प्रयोग गरेर धान रोप्ने गरेको उनको भनाइ छ । ‘एक दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सकिने र श्रमिकको अभाव भयो भन्नुनपर्ने भएकाले यो प्रविधिबाट म सन्तुष्ट छु,’ उनले भने ।      बछौली साना किसान सहकारीका अध्यक्ष नारायण महतो अहिले १८ बिगाह क्षेत्रफलमा प्रविधिको प्रयोग गरी धान रोप्ने तयारीमा छन् । पानीको मात्रा मिलाउन सकेमा खेताला प्रयोग गरेर रोपिने धानभन्दा मेसिनले रोपेको धानमा धेरै फाइदा हुने महतोले बताए । उत्पादन राम्रो हुने र खर्च पनि कम लाग्ने भएकाले धान रोप्ने मेशिनका प्रयोग गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ । धानको बीउ आधा कम लाग्ने, रोप्न पनि ३५ प्रतिशतले कम खर्च लाग्ने उनले बताए । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाका कृषकले धान रोप्न ट्र्याक्टर, रोटाभेटर, कल्टिभेटर प्रयोग गर्दै आएका छन् । यस्तै नयाँ प्रविधिमा आधारित एमबिप्लो, ल्याण्ड लेजर लेभर, हिलोमा धान छर्ने ड्रम सिडर, धुलोमा धान छर्ने सिड कम फर्टिलाइजर, नर्सरी बिरुवा राख्ने मेसिन, धान रोप्ने मेसिन, मल छर्ने मेसिन, झार गोड्ने मेसिन, धान काट्ने रिपर, कम्वाइन हार्भेष्टर, पराल वेर्ने मेसिनलगायतको प्रयोगमा कृषकहरू आकर्षित बन्दै गएको कार्यालयले बताएको छ । कार्यालयका प्रमुख राजन ढकालका अनुसार गतवर्ष प्रविधिको प्रयोग गरेर धान रोप्नेको संख्या कम भए पनि यस वर्ष बढेको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३० बिगाहा क्षेत्रफलमा प्रविधिको प्रयोग गरेर धान रोपिने उनले जानकारी दिए । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको प्रयत्नपछि कृषकलाई प्रविधिमैत्री बनाउन लागिएको हो । परम्परागत शैलीमा धान रोपाइँ गर्दा कृषकको लागतभन्दा उत्पादन कम आउने गरेको उनले बताए । प्रविधिको प्रयोग गरी धान रोप्न धानको बीउ १२ दिनदेखि २३ दिनभित्रको हुनुपर्नेछ । धान रोप्ने मेसिनको प्रयोग गरी धान रोप्न कृषकप्रति जागरण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए । परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रमा राज्यको ध्यान नपुगेको भए पनि कृषकहरू प्रविधिमैत्री बन्दै गएको बताए । परियोजनाको धान जोन क्षेत्रफल तीन हजार हेक्टर भए पनि अन्य क्षेत्रका कृषक पनि प्रविधिप्रति जागरुक बन्दै गएको उनको भनाइ छ । जिल्लामा अहिले धान रोप्ने मेसिन ९ ओटा छन् । थ्री ह्वीलर्स राइडिङ मेसिन पाँचओटा र फोर हुइलर राइडिङ मेसिन चारओटा छन् । यी मेशिनले दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सक्ने अनुमान गरिएको छ । जिल्लामा वर्षे धान २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा लगाइँदै आइएको छ । यस वर्ष चाँडो मनसुन शुरू भएकाले अहिले जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार माडी क्षेत्रमा ८५ प्रतिशत र पूर्वी चितवनमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने भरतपुर महानगरमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । रासस

सम्बन्धित सामग्री

प्रविधिको प्रयोगसँगै चैते धान खेतीमा आकर्षण

आधुनिक प्रविधिको प्रयोग, माटो सुधार र स्थानीय सरकारले बीउ बिजन तथा मल खादमा समेत सहयोग गर्न थालेपछि झापामा चैते धानको खेती विस्तार हुँदै गएको छ । किसानहरूले कम लागतमा खेती गर्ने उपायको खोजी गर्न थालेका छन् ।

धान उत्पादन वृद्धिको संकेत

पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । त्यही जमीनमा धान उत्पादन वृद्धि हुनु भनेको उत्पादकत्व वृद्धि भएको हो र यसलाई विकासको संकेत मान्नुपर्छ । उत्पादन वृद्धिका लागि विभिन्न पक्षले काम गरेका हुन्छन् । मलखाद, सिँचाइ, श्रमिकलगायतको भूमिका हुने भएकाले यसपटक धान उत्पादन वृद्धि हुनुले ल अफ भेरियबल  प्रोपोर्शन चरितार्थ भएको छ । नेपालमा कृषि उत्पादन गुजारामुखी भएको भन्दै कृषि पेशाबाट पलायन हुने संख्या ठूलो छ । तर, पछिल्लो समय ठूलाठूला औद्योगिक घरानाले कृषिक्षेत्रमा लगानी गरेको पनि पाइएको छ । यस्ता समूहले कृषिबाट लाभ लिइसकेको भने अझै पाइएको छैन ।  नेपालका लागि कृषि सम्भावना बोेकेको क्षेत्र भए पनि आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा लाभ लिन नसकिएको धेरैको भनाइ छ । कृषिमा सम्भावना नदेखेका कैयन् युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । कृषिबाट पलायन भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेका बेला अहिले जसरी धानको उत्पादकत्व बढेको देखिएको छ, यही बेला सरकारले थप काम गर्नुपर्ने हुन्छ । जमीन वृद्धि नभएको तर उत्पादन वृद्धि हुनुले कृषिमा आधुनिक प्रविधिको प्रयोगको शुरुआत भएको देखाउँछ ।  त्यसैले अब सरकारले उत्पादनमा थप वृद्धि गराउन नयाँनयाँँ प्रविधिको प्रयोग तथा सिँचाइ, मल, बीउको उपलब्धतामा काम गर्नुपर्ने हुन्छ । नत्र अहिले वृद्धि भएको धान उत्पादन अर्को वर्षमा कमी नआउला भन्न सकिँदैन । कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग पनि बढेको देखिएको छ । जुन अनुपातमा रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग बढेको हो त्यसअनुसार कृषि उत्पादकत्व भने बढ्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यसको अर्थ अझै पनि यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने हो ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्वमा असर परेको हुन्छ । अहिले उत्पादन बढेको देखिए पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास भइसक्यो भन्ने अवस्था छैन ।  कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि यस वर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ । दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिस कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनैपर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले खाद्यसुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्यसुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्तालाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । त्यसैले सरकारले यो बेला उत्पादकत्व वृद्धिका लागि ठोस योजना बनाएर काम गर्नुपर्छ ।

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

कञ्चनपुर, १९ असोज । बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् । धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा […]

कृषि प्रविधिको प्रयोगले किसानको लागत घटाउँदै

जिल्लामा पछिल्लो समय धान काट्न, धान र पराल छुट्याउन र स्याहार्न, खेतबारी जोत्न कृषि प्रविधिको प्रयोग बढ्दै गएको छ । जिल्लाका विभिन्न गाउँमा समेत पछिल्लो समय धान काट्ने मेसिन, थ्रेसर, ट्याक्टर धान पराल स्याहार्नका लागि प्रयोग बढ्दै गएको छ । गाउँमा खेती लगाउन र स्याहार्नका लागि जनशक्ति समेत नपाइने भएकाले कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको […]

धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)

कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।

नार्कद्वारा पाँचखाल नगरपालिकालाई धान राेप्ने मेशिन हस्तान्तरण

काठमाण्डाै – राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) ले काभ्रेकाे पाँचखाल नगरपालिकालाई धान रोप्ने मेशिन हस्तान्तरण गरेको छ । मेशिनबाट धान रोप्ने प्रविधिको फिल्ड प्रदर्शनी तथा प्रविधि हस्तान्तरण कार्यक्रममा नार्कले एक एक थान गोड्ने, काट्ने, चढेर धान रोप्ने चार पाङ्ग्रे मेशिन र हिँडेर धान रोप्ने दुई पाङ्ग्रे मेशिन हस्तान्तरण गरेको हो ।  परम्परागत तरिकाले खेती गर्दा किसानलाई फाइदा हुन नसकेको र नयाँ प्रविधिको प्रयोग गर्दा चार गुणा बढी उत्पादन हुने कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा.&...

चितवनमा धान काट्न प्रविधिको प्रयोग बढ्दै

‘धान काट्न यहाँ खेतला पाउँनै मुस्किल हुन्छ। मधेसतिरबाट आएका मानिसहरु कुर्नुपदथ्यो,’ वस्नेतले भने, ‘आजभोलि मेसिन नै आएपछि सजिलो भएको छ।’ पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन्।...

धान रोप्ने प्रविधिको प्रयोग बढ्दो, चितवनमा ६० प्रतिशत सकियो धान राेप्ने काम

छिटो मनसुन सुरु भएको कारण चितवन जिल्लामा ६० प्रतिशत धान रोपिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष पानी छिटो परेको भएर धान रोपाइ धेरै स्थानमा भएको छ । जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिनुभयो । मनसुन समयमा भएको कारण यस वर्ष धान खेतीको क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार तीन वर्ष अगाडि जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । भूखण्डीकरण, अन्य खेतीमा आकर्षणलगायतको कराणले धान खेतीको क्षेत्रफल घटेको प्रमुख ढकालले बताउनुभयो ।

धान रोप्ने मेसिन हेर्दै किसानले सोधे- हाम्रा दुःखका दिन सकिएकै हुन् त?

‘मान्छेले रोप्दाभन्दा यो प्रविधिको प्रयोग गरी धान रोप्दा सस्तो र स्तरीय हुन्छ,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको मेसिन, विज्ञान, तथ्य र व्यवहारले प्रमाणित गरेको प्रविधि भएकाले यसले उत्पादकत्व बढाउँछ भन्नेमा हामी ढुक्क छौं।’

झापामा किसानले माघमा नै धान रोपे

अन्नको भण्डार भनेर चिनिएको झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा जिल्लामा तीनबाली सम्म किसानले धान लगाउन थालेकाछन भने नयाँ प्रविधिको प्रयोग समेत बढ्दो अवस्थामा रहेको छ ।