बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गत दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए।विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको छ। उनले भने, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछ