माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

सम्बन्धित सामग्री

पार्टीमा फर्किए माधव नेपाल पक्षलाई आममाफी : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले यस्तो अपराधपूर्ण काम किन गरेको भन्दै स्पष्टीकरण पत्र पठाएको भलिपल्ट...

ओली र माधव नेपाल यस्तो रणनीतिमा

आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को रणनीतिमा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ।   पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ। नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै ...

स्पष्टीकरण सोध्ने समाचार मात्रै आयो पत्र आएको छैन : एमाले सांसद खापुङ

काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”

माधव पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल - माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको  प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन

एमालेका १२ नेताको स्पष्टीकरण ‘एक दिन’ होल्ड : आज पठाइँदै

नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई  सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण  बुधबारमात्रै पठाउने भएको हो ।बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थ

एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल

१० चैत, काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए । एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल […]

ओलीलाई सोधिएको स्पष्टीकरणको पत्र बालुवाटारमा, सचिवालयको दावी : पत्र आएकै छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र बालुवाटारमा बुझाएका छन्। माघ २ को स्थायी कमिटी बैठकले ओलीलाई किन साधारण सदस्यबाट नहटाउने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आफ्नो समूहको प्रतिनिधिका रुपमा अध्यक्ष प्रचण्ड-नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र

ओलीलाई सोधिएको स्पष्टीकरणको पत्र बालुवाटारमा, सचिवालयको दावी : पत्र आएकै छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र बालुवाटारमा बुझाएका छन्। माघ २ को स्थायी कमिटी बैठकले ओलीलाई किन साधारण सदस्यबाट नहटाउने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आफ्नो समूहको प्रतिनिधिका रुपमा अध्यक्ष प्रचण्ड-नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय…