देशका धेरै ठाउँमा गर्मी बढ्दै

काठमाण्डौ – तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २०  डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले ...