नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेलले सङ्घीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भए पनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताए ।