जुम्ला : जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुँदा मतदान अधिकृत, सहायक मतदान अधिकृत‚ कार्यालय सहयोगी र ३ जना प्रहरी घाइते भएका छन्। दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडा