स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द