काठमाडौं । विद्युतीय सवारी दिगोका लागि दिगो ग्रुप अफ कम्पनीले सुनकोसी गाउँपालिकाको मुल कोटमा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । दिगोले आफ्नो चार्जिङ स्टेशनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ । स्टेशन उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपा