पाटे बाघ गणनाका लागि बाँके–बर्दियामा जडान गरिएका १७ क्यामरा हराए

नेपालगन्ज । पाटे बाघ गणनाका लागि बाँके–बर्दिया कम्प्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । ‘ए ब्लक’का नौ वटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जङ्गलमा राखिएका ६ वटा क्यामरामा हात्तीले क्षति पुर्‍याइदिएको छ । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रविधियुक्त स्वचालित क्यामराहरु चोरी […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा देखियो पाटे बाघ

विजयनगर गाउँपालिका–१, गोबरहवा आसपास वन क्षेत्रमा वयस्क पाटे बाघ फेला परेको छ । बाघ लगायतका स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणको काम गर्न क्यामरा ट्र्यापिङ गरिएकामा सोही ट्र्यापमा बाघ देखा परेको हो । पुस २० गते बिहान ५ बजेर १६ मिनेटमा बाघ क्यामरामा कैद भएको थियो ।

दुर्लभ पाटे बाघ गणना आजदेखि

१४ मंसिर, चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र …