वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ ।उनले बस व्यवसायी र प्रहरीले आफन्तहरूलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए । कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकट