नेकपा एमालेका सचिव गोकर्ण विष्टले लगातार तीन दिनको छलफलपछि पार्टी विवाद सहमतिउन्मुख भएको बताएका छन् ।
विगतमा अविश्वासको वातावरणले एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिने अवस्था अहिले हटेको उनले दाबी गरे ।
बुधवार बसेको कार्यदल बैठकपछि सचिव विष्टले विषयवस्तुको हिसाबले पनि आफूहरू सहमति नजिक पुगेको दाबी गरे ।
‘लगातार तीन दिनको छलफलपछि हामी झण्डै-झण्डै निष्कर्षमा पुगेका छौं । सार्थक परिणाममा पुग्छौं भन्नेमा कार्यदलको बैठकपछि विश्वास पैदा भएको छ,’ विष्टले भने ।
विष्टभन्दा अघि बाहिर...