सुर्खेत : कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आगामी वैशाख ३ गतेका लागि आह्वान गरिएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख ३ गते दिउँसो ३ बजे बैठक आह्वान गरेका हुन्।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वन गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। कात्तिक ९ गते प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।
पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ। एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि बैशाख ३ मा बस्ने बैठ...