अभियान सम्पादकीय : काम गरेर वा संयोगको सुधार ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिन थालेको बताएका छन् भने नेपाल राष्ट्र बैंकले मासिक आर्थिक विवरणबाट अर्थतन्त्रको बाह्य क्षेत्र र केही आन्तरिक क्षेत्रमा समेत सकारात्मक परिवर्तन देखिएको तथ्यांक सार्वजनिक गरेको छ । अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक देखिए पनि उद्योगी व्यवसायीदेखि सर्वसाधारणले समेत यसको अनुभूति भने गर्न सकेका छैनन् । साँच्चीकै अर्थतन्त्र सकारात्मक भएको हो त ? खर्च कटौतीभन्दा पनि आय वृद्धि सही नीति हो । तर, सरकारले राजस्व बढाउन गर्ने काम भनेको कर वृद्धि नै हो । नेपालको कर अहिले नै धेरैजसो देशको दाँजोमा निकै बढी भएको र करको सदुपयोगमा प्रश्न उठ्ने गरेकाले करको दर बढाउनु उल्टो यात्रा हुनेछ । अर्थतन्त्रका सबै सूचक नकारात्मक छैनन् । सरकारले लिएका केही नियन्त्रणात्मक नीतिले गर्दा केही सुधार आएको हो तर ठोस र दिगो समाधानका उपाय भने केही पनि गरिएको छैन । त्यसैले सरकारले सबैले अनुभूत गर्नेगरी अर्थतन्त्रलाई सुधार गर्न होसियारीपूर्वक प्रभावकारी कार्यक्रम ल्याउनु आवश्यक छ । हो, अहिले विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । सञ्चितिले झन्डै ११ महीनाका लागि वस्तुको आयात धान्न सक्ने देखिन्छ । यो भनेको पर्याप्त मात्रामा डलर सञ्चिति छ भन्ने हो । त्यस्तै अहिले शोधनान्तर स्थिति पनि बचतमा गएको छ । विप्रेषण आय बढेको छ । यी सबै तथ्यांकले आर्थिक सूचकहरू सकारात्मक रहेको पुष्टि हुन्छ । तर, यी उपलब्धि सरकारले कुनै संरचनात्मक परिवर्तन ल्याएर वा विशेष कार्यक्रम ल्याएर हासिल भएका होइनन् । वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढ्नु र आयातमा नियन्त्रण गर्नु नै यसको कारण रहेको देखिन्छ जुन दिगो र प्रभावकारी उपाय होइनन् । बरु वैदेशिक रोजगारीमा जाने संख्या बढ्नु भनेको सरकारले स्वदेशमा केही गर्न सकेको छैन भन्ने हो । अर्थतन्त्र सकारात्मक छ भनेर प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकले भनिरहँदा सरकारको राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था भने यथावत् छ । अर्थसचिवले सरकारले सामाजिक सुरक्षाका खर्च धान्न नसक्ने अभिव्यक्ति दिएका छन् । यसले सरकारले यस्ता शीर्षकमा खर्च कटौती गर्नुपर्ने अवस्था आएको छ भन्ने कुरालाई पुष्टि गर्छ । बजेट बनाउँदा नै चालू खर्च धान्न कठिन हुने देखिइसकेको थियो । अब सरकारले सार्वजनिक खर्च धान्नका लागि कि त ऋण लिनुपर्ने हुन्छ कि त खर्च कटौती । सरकारले खर्च कटौतीका कार्यक्रम सार्वजनिक त गरेको छ तर त्यो टालटुले र देखावटी नीति हो भन्ने स्पष्ट छ । साँच्चीकै राजस्वले सरकारी खर्च धान्न नसक्ने अवस्था आएको हो भने यो गम्भीर समस्या हो जसका लागि सरकारका उच्च ओहोदामा बस्नेहरूले केही त्याग गर्नैपर्छ । पानी नकिन्ने, स्टेपलर नकिन्ने, भोजभतेर नगर्ने, विदेश भ्रमण रोक्ने जस्ता सामान्य कुराले राजस्व र खर्चको यो भ्वाङ टाल्न सकिँदैन । साथै सरकारका यस्ता सानातिना कुराले जनतामा विश्वास पनि जगाउँदैन । त्यसैले खर्च कटौती नै गर्ने हो भने विभाग र समितिहरू खारेज गरिनुपर्छ । अर्को, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सांसदहरूका लागि हुने खर्च आधा कटौती गर्ने हो भने त्यसले ठूलो अर्थ राख्छ । जनतालाई सरकारप्रति विश्वास जगाउने मात्र होइन, निजीक्षेत्रले पनि सरकारले काम गर्दै छ भनेर पत्याउँछ । निजीक्षेत्रमा आशा सञ्चार गराउन सके उद्योग व्यवसायमा लगानी बढ्छ र रोजगारी सृजना पनि हुन्छ । हुन त खर्च कटौतीभन्दा पनि आय वृद्धि सही नीति हो । तर, सरकारले राजस्व बढाउन गर्ने काम भनेको कर वृद्धि नै हो । नेपालको कर अहिले नै धेरैजसो देशको दाँजोमा निकै बढी भएको र करको सदुपयोगमा प्रश्न उठ्ने गरेकाले करको दर बढाउनु उल्टो यात्रा हुनेछ । आम्दानी बढाउन उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ । त्यसो भए अर्थतन्त्रका धेरै समस्या कम हुँदै जानेछन् । यी सबै गर्न सरकारले इमानदारीका साथ काम गर्नुपर्छ । तर, विडम्बना नेपालमा कामभन्दा गफ बढी हुने गरेका छन्, त्यस्ता गफको अर्थतन्त्र सुधारमा कुनै योगदान हुँदैन ।

सम्बन्धित सामग्री

नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शिक्षा सुधार कार्यदलले फिल्डमा पुगेर काम सुरु गरेको छ । १५ वडा रहेको नगरपालिकाभित्रका सामुदायीक विद्यालयको अवस्था, समस्या, आवश्यकता, सुधार गर्नुपर्ने पक्षलगायतका ’boutमा विस्तृत अध्ययनका लागि शैक्षिक अभियान्ता एबं जनजागृति माबि सोल्माका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईको संयोजकत्वमा गठित सात सदस्यीय शिक्षा सुधार कार्यदलले आफ्नो काम […] The post नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्व्यसनीको पुनर्जीवन आसरा सुधार केन्द्र

आसरा सुधार केन्द्रले अपराध न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्था सुधारको उद्देश्यसहित काम गरिरहेको छ।

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम […]

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै

सुदूरपश्चिम – दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ। प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ। यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत […]

५ अर्बको पोखरा खानेपानी सुधार आयोजनाको ८८ प्रतिशत काम पूरा

पर्वत : बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।काठमाडौंको मेलम्ची खानेपानी आयोजना पछिको ठूलो आयोजनाका रूपमा लिइएको यो आयोजनाको कामको झन्डै ८८ प्रतिशत काम पूरा भएको छ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्ब अनुदान सहयोगमा आयोजनाको काम भइरहेको हो। आयोजनाको लक्ष्य पोखरेलीले धाराबाट थापेको पानी सिधै पिउन मिल्ने गरी पानी सफा बनाउने रहेको छ।पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फ्रेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरुलाई देखाउँदै  आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए । कानुनी दस्तावे

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका […]

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की– बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको यो आयोजना ठुलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने […]

सुधार गर्न खोज्दा शङ्काले हेरियो : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले केही नयाँ काम र सुधार गर्न खोज्दा शङ्काको दृष्टिले हेरेको गुनासो गर्नुभएको छ । निर्वाचन आयोगले चुनावबारे सञ्चारमाध्यमसँग गरेको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यसअघि देखिएका केही समस्यालाई सुधार गर्नेगरी काम गर्दा आफ्नो स्वार्थ अनुसार समर्थन र विरोध गर्ने गलत अभ्यास भएको टिप्पणी गर्नुभयो । मतपत्रको रङ्गबारेमा एमालेले गरेको विरोधतर्फ लक्षित गर्दै उहाँले बदलिँदो परिवेश अनुसार भएका सुधारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उ...