मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुरू हुने भएको छ । माघ २४ गतेदेखि सुरू हुने क्यान इन्फोटेक माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।   काठमाडौंको प्रर्दशनीमार्ग स्थिति भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रडण्डले उद्धाटन गर्ने कार्यक्रम रहेकाे छ । यस्तै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना...

सम्बन्धित सामग्री

बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने

मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक  काठमाडौं । मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा मकवानपुरको आयोजनामा भोलिदेखि मकवानपुरको रोयल पार्टी प्यालेसमा इन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) हुन लागेको हो ।  क्यान जिल्ला शाखा मकवानपुरका सचिव गोविन्द चौलागाईले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । इन्फोटेक चैत ६ गतेसम्म चल्नेछ ।  इन्फोटेकको मुख्य प्रायोजकमा आइकन सफ्ट प्रालि र सहप्रायोजकमा एम बैंक रहेको छ । इन्फोटेककोे उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने भएकी छन् ।  इन्फोटेकमा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगिता हुनेछ । इन्फोटेकमा चैत ३ गते साइबर सुरक्षासम्बन्धी सेमिनार, चैत ४ गते कृषि उत्पादन तथा प्रर्वद्धनका लागि डिजिटिलाइजेसन सेमिनार र चैत ५ गते नेटवर्किङ र सीसीटीभीसम्बन्धी सेमिनार हुने भएको छ ।  मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्पसमेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको पनि सञ्चालन गरिनेछ ।  क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले २०६३ सालयता ६ पटक इन्फोटेक आयोजना गरिसकेको छ ।

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शीर्ष प्रायोजनक रहेको उक्त इन्फोटेकमा एशोसियट प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।  क्यान महासंघले कैलालीले आयोजना गरेको ५ दिनसम्म धनगढीमा चल्ने क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धि वृहत प्रदर्शनी हुनेछ । यसका साथै सेमिनार पनि सञ्चालन गरिने जनाइएको छ ।  देशको...

धनगढीमा क्यान इन्फोटेक सञ्चालन हुने

कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । मेलामा सूचना प्रविधिको बारेमा जानकारी […]

तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक २०२३

भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०२३ तीन लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एसोसिएसन महासंघ (क्यान)का

तीन लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं, २९ माघ। भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले क्यान इन्फोटेकमा सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए। मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको जनाए । क्यान इन्फोटेक माघ २४–२९ गतेसम्म सञ्चालन भएको हो।

क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुइँचो

काठमाडौँ- राजधानीमा जारी ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरूको घुइँचो लागेको छ। प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरूले इन्फोटेक अवलोकन गरेका छन्। आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई-कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका […]

स्वदेशी उत्पादन र प्रविधिलाई प्राथमिकता नदिए विकास सम्भव छैन :चन्द्र ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्। क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गरे।

डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने

डिजिटल वालेट पेवेल एपबाट क्यान इन्फोटेक २०२३ को टिकट २५ रूपैयाँमै पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न पेवेलले २५ रूपैयाँमै इन्फोटेकको टिकट दिने भएको हो । पेवेलका एसिस्टेन्ट सीईओ प्रज्वल आचार्यले पेवेल मोबाइल एपबाट टिकट काट्दा प्रयोगकर्ताले २५ रूपैयाँमै पाउने बताए । 'पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ,' आचार्यले आइसिटी...

माघ २४ देखि क्यान इन्फोटेक २०२३, प्रायोजक एवं स्टल बुकिङ खुला

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २८औं संस्करण मिति २०७९ साल माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा […]