नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने बताएका छन् । कांग्रेसको राष्ट्रिय जनजागरण अभियानका लागि यहाँ आइपुगेका वरिष्ठ नेता पौडेलले आइतबार पाटनमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक भएको सन्देश जागरण अभियानले दिइसकेको र जागरण अभियानपछि पार्टीमा कुनै गुटबन्दी नदेखिने बताए ।