मक्काको पवित्र मस्जिदमा पहिलोपटक महिला सैनिक तैनाथ

एजेन्सी। साउदी अरब सरकारले यसवर्ष पहिलोपटक पवित्र मक्का मस्जिदभित्र महिला सैनिक तैनाथ गरेको छ। हज यात्राको लागि हजारौं मुस्लिम धर्मावलम्वीहरु अहिले साउदी अरबको मक्का पुगेका छन्। उनीहरुको सुरक्षाको लागि पहिलोपटक महिला सैनिक खटाइएको हो। मस्जिदभित्र महिला सैनिकहरु सैनिक पोशाकमाथि लामो ज्याकेट र मुखमा मास्क लगाएर तैनाथ गरिएको छ। यो वर्ष साउदी सरकारले ६० हजारलाई हज यात्राको अनुमति दिएको छ।

सम्बन्धित सामग्री

सेनाले महिला सैनिक, कर्मचारी र छात्राहरुलाई नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने

काठमाडौँ। नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरुका लागि नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य नं. ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत यस्तो व्यवस्था गरिएको हो । यसका लागि सेनाको कल्याणकारी निर्देशनालयले आफ्नो उत्पादन कारखाना स्थापना […]

राष्ट्रसंघको शान्ति सेनामा ६ हजारभन्दा बढी नेपाली सैनिक तैनाथ

संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिशनमा अहिले ६ हजार १६ जना नेपाली सैनिक तैनाथ रहेका छन्। तैनाथ रहेकामा ४२९ जना महिला सैनिक रहेको नेपाली सेनाले जनाएको छ। सन् १९५८ देखि हालसम्म १ लाख ४२ हजार ५८५ जना नेपाली सैनिक शान्ति मिसनमा सहभागी भइसकेका छन्। शान्ति मिशनमा खटिने क्रममा हालसम्म ७१ जना नेपाली सेनाको मृत्यु र ६८ जना घाइते भएका छन्।

आफैले बोेकेको राइफल पड्किएर महिला सैनिक जवानको मृत्यु

बुटवल, ८ बैशाख । शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिकको उपचारको क्रममा मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएकी झापाको गौरदश नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । सैनिक जवान राजवंशीले गए राती ड्यटीमा रहेको बेला आफैले बोकेको राइफले आफैतिर तेस्याएर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको […]

घाइते महिला सैनिक जवानको मृत्यु

काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज (बिहीबार) बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा […]

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज*मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्य

सेनाको ब्यारेकभित्र गोली चल्यो, महिला सैनिक गम्भीर घाइते

काठमाडौं । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतको बताएकाे छ । स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ […]

साउदी महिला सैनिक मक्काको सुरक्षामा पहिलो पटक खटिए

काठमाडौं, ७ साउन । इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन् । समाचार संस्था रोयटर्सले साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको जनाएको छ । गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षामा खटाउन थालिएको हो । मक्काको सुरक्षामा […]

सैनिक जवानले रगत दिएर सुत्केरीको जीवन रक्षा

कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक सुत्केरीको जीवन रक्षा गरेकी छन् ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई  गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ रहेकी थिइन् ।  रगत नपाएर निराश भएको अवस्थामा सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ती महिलाको ज्यान जोगाएकी हुन् । समयमा सुत्केरीला...

कैलालीमा संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिदै आएकोमा अब महिला सैनिक पनि खटिन थालेका छन् ।

बन्दुक मर्मत गर्ने महिला सैनिक

नेपाली सेनामा बन्दुक मर्मत गर्ने काममा चार महिला सैनिक खटिएका छन्। उनीहरूले किन बन्दुक मर्मत काम रोजे? हेर्नुहोस् यो भिडिओ।