रासायनिक मल कारखानाको सम्भावना अध्ययन गरिँदै

नेपालमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन अघि बढ्ने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र जर्मनीको डायग इन्डस्ट्रिज लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डायग इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक बेन्यामिन बेकरले हस्ताक्षर गरेका छन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार उक्त कम्पनीको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत १७ मा सम्पन्न ५०औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औं बैठकबाट स्वीकृत भएको थियो । सम्झौताअनुसार प्रस्तावक कम्पनी डायग इन्डस्ट्रिज लिमिटेडले अनुमतिपत्र प्राप्त गरेको २४ महीनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गर्नुपर्नेछ । कम्पनीले नेचुरल ग्यास, इलेक्ट्रोलाइसिस अथवा हाइब्रिड प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१ करोड ४० लाख अमेरिकी डलर लाग्ने अनुमान रहेको छ ।  आगामी आव २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने बताए । तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावक कम्पनीलाई उनले आग्रह गरे । 

सम्बन्धित सामग्री

नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन - जनार्दन शर्मा

काठमाण्डाै – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखाना आवश्यक नभएको बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले याे दाबी गर्नुभएको हो । उपमहासचिव शर्माले अर्गानिक मल कारखाना भने आवश्यक रहेको औँल्याउनुभयो ।उहाँले भन्नुभयो, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपा...

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।...

सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ । १ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ । पानी र बिजुली बाहेक अन्य कच्चा […]

रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मेवारी जर्मन कम्पनीलाई

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटेदेखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ । यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।यद्यपि, पछिल्लो समय लगानी बोर्डको नेतृत्वमा यस सम्बन्धी काम अघि बढेको छ । कृषि मन्त्री र अर्थ मन्त्रीले शपथ खाँदैपिच्छे रासायनिक मल कारखाना

रासायनिक मल कारखाना स्थापनामा सरकारकै धारणा अस्पष्ट

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्डको ५०औं बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डाइयाग इन्ड्रस्ट्रिज जीएमबीएचलाई […]

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि […]

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भने, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई