सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान रकम बापत सरकारले जम्मा गर्‍यो १ अर्ब ६ करोड

काठमाण्डौ – सरकारले सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नु पर्ने योगदान रकम मध्ये १ अर्ब ६ करोड रुपैयाँ जम्मा गरिदिएको छ । कोरोना महामारीको समयमा राहत स्वरूप सरकारले बजेटमार्फत २०७८ सालको जेठ र असार महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने घोषणा गरेको थियो । जस अनुरूप सरकारले जम्मा गरिदिनुपर्ने जम्मा रकम मध्ये ८४ प्रतिशत रकम मात्रै कोषमा जम्मा भएको र बाँकी १६ प्रतिशत बाँकी रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । बाँकी रकम सरकारले उपलब्ध गराएपछि जम्मा हुने पनि कोषले जनाएक...