प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा जुटेको छ । यो वर्षको मंसिर महिना नेपालका प्रमुख राजनीतिक दलहरूका निम्ति महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको महिना परिणत भएको छ । प्रमुख सत्ताधारी नेपाली काँग्रेस वडा र क्षेत्रीय अधिवेशनहरु सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको छनौट र जिल्ला अधिवेशनहरुलाई पूर्णता प्रदान गर्नमा लागेको देखिन्छ ।सांगठनिक निर्वाचनहरु समयमै सम्पन्न भइरहेका कारण निर्धारित मितिमा पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न हु