काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन्। उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै […]