लगातार ६० अंक घटेपछि बल्ल उकालो लाग्यो नेप्से, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १७ दशमलव ७० अंक बढेर १ हजार ९०६ विन्दुमा पुगेको छ । यस दिन नेप्से सेन्सेटिभ इन्डेक्स २ दशमलव ०४ अंक बढेको छ । त्यस्तै फ्लोटेड इन्डेक्स १ दशमलव २८ प्रतिशत र सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ७८ अंक बढेको हो । नेप्से परिसचूचक लगातार तीन दिन घटेपछि सोमवार बढेको हो । सोमवारको बजार ट्रेण्डलाई हेर्दा बजारमा घटेर १ हजार ८६४ दशमलव ९१ विन्दुमा आएपछि खरीदकर्ता हाबी भएको देखिन्छ ।  कारोबारमा आएका २६१ धितोपत्रको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर ३६ हजार ९८० पटकमा रू. १ अर्ब ३८ करोड बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी सुपर माई हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य रू. ४३० दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य  ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर  रू. ३९७ दशमलव ५० पुगेको छ ।  त्यस्तै सोमवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य रू. १ हजार ३८१ दशमलव ५० मा झरेको हो । यस कम्पनीले प्रस्ताव गरेको लाभांश शंसोधन भएपछि विक्री चाप परेको हो ।  कम्पनीको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो । कम्पनीले पहिलो पटक प्रस्ताव गरिएको ३८ दशमलव ४५ प्रतिशत  बोनस शेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४ दशमलव ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । त्यस्तै दोस्रोमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ८ दशमलव ३० प्रतिशत घटेर रू.  १ हजार ८८५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टिलरीको रू.५ करोड ९० लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य रू. १ हजार ९ सय कायम भएको छ । त्यस्तै दोस्रोमा जीवन विकास लघुवित्तको रू. ४ करोड ७० लाख बराबरको शेयर किनबेच भएको  छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक शुून्य दशमलव ५१ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ३५ प्रतिशत वृद्धि भएको छ ।  केही दिन देखि घट्दो ट्रेण्डमा रहेको बजारमा कम्पनीहरुको शेयर मूल्य निकै सस्तिएकाले सोमवार बजारमा खरीदकर्ता आएको लगानीकर्ताले बताएका छन् । तर यस वृद्धिले कत्तिको निरन्तरता पाउँछ भन्ने भोलिको बजारले निर्धारण गर्ने उनीहरूको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता पनि सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो क्रममा रहेको छ । प्राविधिक विश्लेषकहरुले पनि नप्से परिसूचक टेवा क्षेत्रमा आएर फर्किएको दाबी गरेका छन् । नेप्सेको हालको टेवा १८५० देखि १८८० विन्दुसम्म रहेको विश्लेषकहरूको भनाइ छ । सोमवार बजार यसै आसपासबाट फर्किएको प्राविधिक विश्लेषकले बताएका छन् । 

सम्बन्धित सामग्री

नेप्से परिसूचकको उकालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा …

उकालो यात्रामा नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव […]

सुनको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली सुनाचाँदी बजारमा सुनको मूल्य केहीदिनदेखि निरन्तर उकालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लाग्न सुरु गरेको सुनको मूल्य आज मंगलबार पनि उकालो लागेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको […]

नेप्से परिसूचकको उकालो यात्रा, ५७.६५अंकले बढ्यो

काठमाडौँ- शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले […]

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडाै‌ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ । कूल २२२ कम्पनीका २३ लाख […] The post नेप्से परिसूचकको उकालो यात्रा जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार

काठमाडौँ । कारोबारको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजार उकालो लागेको छ । १२. ५३ अङ्कले बढेर बजारको परिसूचक नेप्से २५२० अङ्कमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो । बिहीबारको […]

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले उकालो लागेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार […]

कारोबार भएको आधाघण्टामा शेर बजार २२.४७ ले लाग्यो उकालो

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको आधि घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२.४७ अंकले बढेको छ। हिजो सोमबार ३२.२२ अंकले उकालो लागेका थियो। तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ। सेयर बजार २२.४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ […]

नेप्से दोहोरो अंकले उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अंकले उकालो लागेर २ हजार ७१५.३५ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अंकले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार सोमवार कारोबार भएका ...

उकालो लाग्यो सेयर बजार, कुन कम्पनीको कारोबार कति ?

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ ।     यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य व...