बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

सम्बन्धित सामग्री

'माउन्टेन फ्लाइट' सुरु हुँदै, यतीको उडान हरेक आइतवार

काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।  मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको माग...

पर्वतीय उडान सुरु

निषेधाज्ञाका कारण वैशाखयता ५ महिना बन्द रहेको माउन्टेन फ्लाइट (पर्वतीय उडान) चाडपर्वको आगमनसँगै खुला भएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै बुद्ध एयर र यति एयरलायन्सले काठमाडौंबाट हुने पवर्ततीय उडान सुचारु गरेको जनाएका छन् ।

कोभिड–१९ का कारण स्थगित माउन्टेन फ्लाइट पुनः शुरु

असोज ६, काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः शुरु भएको छ ।  कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।     निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिवार पर्वतीय उडान सञ्चालन गरिने मंगलवार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।  कम्पनीका अनुसार रू. नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् । निजी क्षेत्रकै अर्को अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिवार र आइतवार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले रू. आठ हजार ८४८ मा दुई ओटा टिकट विक्री गर्नेछ ।  काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करीब एक घण्टाको पर्वतीय उडान हुन्छ । शरद ऋतु शुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान शुरु गरेका हुन् । रासस

माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।         निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको ...

आठ महिनासम्म बन्द रहेकाे पर्वतीय उडान आजदेखि शुरु

काठमाण्डाै – बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय...

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ । बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।