भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै ह्वातै बढेको संकमणदर अहिले घट्दो छ। कोरोनाको जोखिम बढेपछि रिलिज मिति तय भएका फिल्महरु 'होल्ड'मा बसेका थिए। अहिले संक्रमितको संख्यामा कमी आउँदा निर्माताहरू फिल्मको नयाँ रिलिज मिति तय गर्न कस्सिएका छन्।
जनवरीदेखि रिलिज हुने भनिएका तर महामारीका कारण स्थगित भएका फिल्मले अहिले नयाँ रिलिज मिति घोषणा गर्दैछन्। …