इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा सिटीले नवप्रवेशी फुलह्याममाथि २–१ को जित निकाल्दै पुनः आर्सनललाई पछि पारेको हो।घरेलु मैदानमा पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित निश्चित गर्यो। खेलमा १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २८ औँ मिनेटमा आन्द्रेस पेरीराले पेनाल्टीबाट गोल गर्दै फुलह्याम लाई १–१ गोलको बरा