अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा पनि सडक अवरुद्ध भएको छ […]