चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

काठमाडौँ,९ असार । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । कार्यालयमा […]

सम्बन्धित सामग्री

चितवनमा जेठ दोस्रो सातादेखि मल वितरण गरिने

चितवन । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको छ ।  कम्पनीका चितवन शाखा प्रमुख राजन बगालेका अनुसार हाल ४०० टन डीएपी, ३०० सय टन युरिया मल भण्डारणमा छ । उनले भने, ‘अहिले आइरहेको मल स्टकमा राखेका छौं, धानको बीउ छर्ने बेलाका लागि मल सहज होला, रोपेपछि छर्ने मलको अभाव हुन सक्छ ।’ ठूलो परिमाणमा अनुदानको मल नआए विगतका वर्षमा जस्तै यो वर्ष पनि धानको सिजनमा मल अभाव हुने उनको भनाइ छ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवनका प्रमुख बुद्धिविनोद दाहालले आगामी सातादेखि मल वितरण गरिने बताए । ‘मल कति आउँछ भन्ने यकीन भएको छैन, तर अघिल्लो वर्षको भन्दा सहज हुन्छ,’ उनले भने । पछिल्लो समय किसानले पर्याप्त मात्रामा अनुदानको मल नपाउँदा महँगो मूल्यमा खरीद गर्न बाध्य भएका छन्, जसका कारण खेतीपातीमा किसानको लागत बढी परेको छ । अन्य समयभन्दा धानको सिजनमा मलको माग बढी हुन्छ ।  चितवनमा वार्षिक १५ हजार टन मल आवश्यक पर्छ । त्यसमध्ये कृषि सामग्री कम्पनीले करीब ३ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले ९०० मेट्रिक टन मल विक्री गर्दै आएको छ । सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरूलाई वितरण गर्छन् । चितवनमा रहेका २४० विक्री केन्द्रमार्फत मल वितरण गरिँदै आएको छ ।

मंगलवारदेखि प्रदेश १ मा डीएपी मल वितरण हुँदै

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्‍याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ । दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिाय अघि बढाइएको बताए । अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । पछिल्लो समय ठेकेदारको लापरबाहीले मल नआउँदा किसान मलविना नै बाली लगाउन बाध्य बनेका छन् । यस्तै सीमा क्षेत्रका किसानले भारतीय बजारमा पाउने कमसल मल प्रयोग गर्ने गरेका छन् । सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले मकै छर्नुअघि नै डीएपी मल हालेर जोतेपछि मकैका लागि पोषण पुग्ने र मकैमा घोगा बढी लाग्ने बताउँछन् । सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । अब सब ड्रेसिङका लागि डीएपी मल चाहिने बताउँछन् । गढी गाउँ पालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल वितरण शुरू भएकोमा खुशी छन् ।

जीटूजीको माध्यमबाट सरकाले मल खरिद गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल जीटूजी (सरकार–सरकार)को माध्यमबाट खरिद गरिने बताएका छन् ।  शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले किसानहरूलाई समयमै रासायनिक मल वितरण गर्न बजेट वृद्धि गरेर १५ अर्ब पुर्‍याइएको बताए ।  उनले १ लाख ३ हजार मेट्रिक टन मल आयात गरेर वितरण गरिएको पनि बताए । थप रसायनिक मल आयतका...

यसपटक मल अभाव नहुनेमा ढुक्क छु : अर्याल

कृषि तथा  पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताएकी छन । गत वर्ष जति मल वितरण भएको थियो, त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा खरिद गरिसकेको दावी गर्दै उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उनले दावी गरिन् ।१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले ...