दुर्गममा बसेर निरन्तर सेवा दिने चिकित्सकहरूले कठिनाइलाई जितेर जनताको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै उपकुलपति रोकायाले उनीहरुको उचित सम्मान, प्रोत्साहन र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए।
काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित सोही पार्टीको घोषणा सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गर्नुभयो। प्रलेपालाई जेनजी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उहाँको जिकिर थियो। जेनजी […]
काठमाडौँ। नेपाल-बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले जितेको छ। सेभन्सको दुई र फिफ्टिन्सको एक गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ। बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्यो। नेपालले बंगलादेशलाई पहिलो खेलमा १५-० र दोस्रोमा २६-१५ को जित दर्ता गर्यो। नेपालले मंगलबार फिफ्टिन्स खेल्नेछ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको ‘गोल्डेन जेनेरेसन’ अहिले निर्णायक मोडमा पुगेको छ। क्षमताले भरिपूर्ण यस टोलीले १४ वर्षको अन्तरालमा मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। तर, अन्तिम क्षणमा पाएको अवसरमा चुक्नु नै यो टोलीका लागि मुख्य चुनौती हो। टोलीको अबको लक्ष्य यही कमी पूरा गर्दै अन्तर्राष्ट्रियस्तरमा ‘ब्रेक थ्रु’ हासिल गर्ने रहेको गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा […]
जनकपुर। धनुषाको मिथिला नगरपालिका २‚ हजराचोक जनकपुर-ढल्केवर सडक खण्डमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। बा.प्र. ०१-०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १‚ लक्ष्मीनिवासकी ४६ वर्षीया सुमिन्त्रादेवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए। दुर्घटनामा महतोका ५० वर्षीय पति राजकुमार घाइते भएका छन्। […]